back
NMB ad

फेरि स्थगित भयो लोकसेवाको परीक्षा, अब कहिले ?

Kumari bank ad

काठमाडौं । सर्वोच्च अदालतले लोक सेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

अदालतको आदेशसँगै लोकसेवा आयोगले असोज ९ गते प्रकातिश राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगले असोज २९ र ३० गतेका लागि परीक्षा सञ्चालनको मिति तोकेको थियो ।

सर्वोच्च अदालतमा आयोगले जारी गर्ने मापदण्ड विभेदकारी र कोरोना संक्रमितलाई अपहेलना गर्ने भएको भन्दै मानव अधिकार रक्षक सञ्जालद्वारा दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

अन्तरिम आदेशसँगै कोरोना संक्रमितलाई परीक्षामा सामेल नगराउने गरी आयोगद्वारा जारी मापदण्ड कार्यान्वयनमा रोकिएको छ । अदालतले स्वास्थ्य मापदण्ड पूरा गरेर संक्रमितको गोपनीयता कायम राख्दै परीक्षा दिने व्यवस्था गर्न पनि आयोगका नाममा आदेश गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आयोगको मापदण्ड संविधानप्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्यका आधारमा विभेदविरुद्धको हक तथा छुवाछुत तथा भेदभावविरुद्धको अधिकारको हक विपरीत हुने आदेशमा उल्लेख गरेको छ ।

अदालतको आदेशमा भनिएको छ, ‘‘प्रस्तुत विज्ञापनको अन्तिम टुंगो नलागेसम्म लोक सेवा आयोगको मिति २०७७÷६÷९ मा प्रकाशित नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको कामकारबाही जे जुन अवस्था छ सोही अवस्थामा राख्नू ।’’

रिट निवेदक कोरोना संक्रमणबाट उपचाररत रहेको अवस्थालाई समेत मध्यनजर गर्न आयोगले आदेशमा भनेको छ । सर्वोच्चको आदेश अनुसार आयोगले असोज २८ गते नै परीक्षा स्थगित गरेको हो । गोरखापत्र दैनिकमा नारायण काफ्लेले खबर लेखेका छन् ।

वि.सं.२०७७ असोज ३० शुक्रवार ०७:१६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...