back
NMB ad

कन्टेनर रोकिएपछि अन्योलमा सोलार आयोजना

Kumari bank ad

काठमाडौं । पावर केबलसहितको सामग्री लिएर चीनबाट आएका ११ ओटा कन्टेनर केरुङ नाकामा रोकिँदा नुवाकोटमा निर्माणाधीन २५ मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनाको थप विद्युत् उत्पादन अन्योलमा परेको छ ।

समयमा नै पावर केबल आएको भए ग्रीडमा आबद्ध उक्त आयोजनाबाट गत जेठमा १० मेगावाट विद्युत् उत्पादन हुने थियो । तर, ५ महीनादेखि ती सामान केरुङ नाकामा रोकिँदा उक्त आयोजना अझै अन्योलमा परेको हो ।

१० मेवा विद्युत् उत्पादन गर्न प्लान्टका अन्य काम भने लगभग पूरा भइसकेको छ । अब पावर केबल लिएर जडानको काम गर्न सकिए थप १० मेवा विद्युत् उत्पादन गर्न सकिन्छ । तर, पावर केबल नभएपछि त्यो हुन सकेको छैन ।

गत चैतभित्र नै सामान आउने गरी चीनबाट सामान मगाइएको थियो । तर, कोरोना भाइरस नियन्त्रण गर्न गतवर्षको अन्त्यतिरबाट नाका बन्द गरिएपछि पावर केबलसहित सबस्टेशनका इलेक्ट्रोनिक सामानहरू लिएर आएका कन्टेनर चीनतिरै रोकिएका छन् ।

हाल नाका खुला गरिए पनि त्यो सामान ल्याउन व्यावहारिक रूपमा कठिनाइ भएको छ । ती कन्टेनरहरू ठ्याक्कै सीमा नाकामा नभएर नाकादेखि २४ किलोमीटर भित्र (चीनतर्फ) रहेका छन् ।

ती सामान लिन नेपाली कन्टेनरहरू त्यही जानुपर्ने हुन्छ । तर, कोरोनाको बहानामा चिनियाँ पक्षले नेपाली कन्टेरलाई त्यहाँ प्रवेश गर्न नदिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज ३० शुक्रवार ०७:३२ मा प्रकाशित

You can share this post!

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...