back
NMB ad

रातमा मालपोत अड्डाः प्रमुखसहित २१ जना पक्राउ

Kumari bank ad

पर्सा । कार्यालय समय सकिएपछि जिल्ला मालपोत कार्यालयमा पसेका कार्यालय प्रमुखसहित १३ कर्मचारी र ८ जना बिचौलियालाई जिल्ला प्रसाशन कार्यालय पर्साको टोलीले बिहीबार राति नियन्त्रणमा लिएको छ।

विभागीय स्विकृतिबिना कार्यालय समयपछि कार्यालयबाहिरका मानिससमेत भित्र पसाएर कर्मचारीले शंकास्पद गतिविधि गर्न थालेको सूचना पाएपछि छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमु्ख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा प्रसाशकीय अधिकृत विनय श्रीवास्तव, प्रहरी निरीक्षक राजेशराज पुरीसहितको टोलीले कार्यालयमा राति ९ बजे छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको जानकार प्रजिअ तामाङले दिए।

‘हामी राति करिब ९ बजे कार्यालयमा पुग्दा केही कर्मचारी र कार्यालयसँग असम्बन्धित केही मानिस फाइल केलारहेका थिए। उनीहरु प्रहरीसहितको टोली देखेर अत्तालिए,’ वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक पुरीले भने, ‘हामीसँग प्रहरी ७ जना मात्र थिए तर कार्यालयका २ वटा कोठामा रहेका उनीहरुलाई रोकेर नियन्त्रणमा लिन सफल भयौं।’

छापा मारी मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सुमनकुमार झासहित १३ कर्मचरी र ८ जना कार्यालय बाहिरका मानिसलाई नियन्त्रणमा लिएको उनले बताए। ‘सुरुमा नाम, परिचय र अन्य विवरण लिने काम भयो, त्यसपछि नियन्त्रणमा लियौं,’ उनले भने।

कर्मचारी पनि स्वीकृतिबिना कार्यालय समयबाहेक कार्यालयमा पस्न पाइँदैन। तर कार्यालय समय सकिएपछि पनि कर्मचारीले बाहिरका मानिस भित्र लगेर शंकास्पद काम गरिरहेको सूचनाका आधारमा छापा मारिएको र २१ जनालाई नियन्त्रणमा लिइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताएको आजको नागरिक दैनिकमा खवर छ।

वि.सं.२०७७ कात्तिक १ शनिवार ०९:०७ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...