back
NMB ad

अवैधरूपमा तस्करी गर्नका लागि राखिएको २२ क्विन्टल बढी मटर बरामद

Kumari bank ad

जलेश्वर । नेपालबाट भारततर्फ अवैधरूपमा चोरी तस्करी गर्नका लागि राखिएको २२ क्विन्टल बढी मटर गए राति प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको सीमानाकामा अवस्थित मनरासिस्वा नगरपालिका–१० मरुवाही गाउँमा सञ्चालित रामजानकी जेनरल स्टोर्समा ९० वटा बोरामा राखिएको २२ क्विन्टल ५०० किलोग्राम मटर बरामद गरिएको हो ।

ठूलो मात्रामा मटर तस्करी हुने योजना रहेको विशेष सुराकीको आधारमा प्रदेश नं २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो जेनरल स्टोर्समा गए राति छापा मार्दा साढे २२ क्विन्टल मटर बरामद गरिएको जनाइएको छ ।

बरामद मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।

वि.सं.२०७७ कात्तिक २ आइतवार ०९:३५ मा प्रकाशित

You can share this post!

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...