back
Mega Long Ad

चित्लाङ–थानकोट सडकको स्तरोन्नति शुरु

हेटौंडा । मकवानपुरको थाहानगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति कार्य शुरु भएको छ ।

चन्द्रागिरि नगरपालिका–४ र ७ मा हाल चार किलोमिटर क्षेत्रमा चट्टान फोरी सडकलाई फराकिलो गर्ने काम भइरहेको छ ।

थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरका अनुसार उक्त सडकमा ढल निर्माणका साथै ग्राभेल हाल्ने काम आगामी वर्षको वैशाखसम्म सम्पन्न हुनेछ । उक्त सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले रु १३ करोड उपलब्ध गराएको छ ।

दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने मगरले बताइन् ।

चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्ने काम पनि धामाधम भइरहेको छ । केही साताभित्रै कुन्छालदेखि चित्लाङ सम्मको सडकखण्डमा साना सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको मगरले उल्लेख गरिन् ।

चित्लाङ–थानकोट सडकको स्तरोन्नति गरिएपछि मकवानपुरको हेटौँडा र दामन, पालुङबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत सामग्री ढुवानी गर्न सहज हुने थाहानगरपालिकाका नगरप्रमुख लवशेर विष्टले बताए ।

थानकोट–चित्लाङ सडकखण्डमा दुई दशकअघि कच्ची ट्र्याक खोलेर हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

वि.सं.२०७७ कात्तिक २ आइतवार १२:४० मा प्रकाशित

You can share this post!


२ महिनामा ५.४६ % बजेट खर्च, हरेक महिना १० % बजेट खर्च गर्ने मन्त्री शर्माको योजना होला पुरा ?

२ महिनामा ५.४६ % बजेट खर्च, हरेक महिना १० % बजेट खर्च गर्ने मन्त्री शर्माको योजना होला पुरा ?

वि.सं.२०७८ असोज १ शुक्रवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको दुई महिना बित्दा...

केही दिनमै आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

केही दिनमै आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १ शुक्रवार १६:२७

  काठमाडौं । आउँदो असोज ६ गतेदेखि साहस उर्जाको आईपीओ...

बचत खातामा पनि पाइन्छ मानग्य ब्याज, कुन बैंकले कति दिन्छ ?

बचत खातामा पनि पाइन्छ मानग्य ब्याज, कुन बैंकले कति दिन्छ ?

वि.सं.२०७८ असोज १ शुक्रवार १६:२७

काठमाडौं । वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम (तरलता) अभाव भएसँगै धमाधम...

कामना सेवा विकास बैंकले ल्यायो उच्च ब्याजदरसहित नयाँ बचत खाता, कति प्रतिशत पाइने ?

कामना सेवा विकास बैंकले ल्यायो उच्च ब्याजदरसहित नयाँ बचत खाता, कति प्रतिशत पाइने ?

वि.सं.२०७८ असोज १ शुक्रवार १६:०९

  काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित...

कस्तो हो टाटा अल्ट्रोज कार ? यस्तो छ फिचर (मूल्यसहित)

कस्तो हो टाटा अल्ट्रोज कार ? यस्तो छ फिचर (मूल्यसहित)

वि.सं.२०७८ असोज १ शुक्रवार १५:०७

काठमाडौं । टाटा अल्ट्रोजको विभिन्न ५ मोडेलका कारहरु नेपाल उपलब्ध...

यी हुन् अर्थमन्त्री शर्माले रोकेको देशभरका १४१० सडक आयोजना, कुन जिल्लामा कति रकमको सडक रोकियो ?

यी हुन् अर्थमन्त्री शर्माले रोकेको देशभरका १४१० सडक आयोजना, कुन जिल्लामा कति रकमको सडक रोकियो ?

वि.सं.२०७८ असोज १ शुक्रवार १४:४२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले बजेटमा राखेका १४१०...