back
NMB ad

बढ्यो कर्जा र निक्षेप, एक सातामै ६९ अर्ब कर्जा र निक्षेप सङ्कलन ७१ अर्ब

Kumari bank ad

काठमाडौं । पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको सङ्केत गरेको छ ।

कोरोना सङ्क्रमणबाट जोगिँदै सर्वसाधारण दैनिक कामकाजमा फर्कन थाल्नु र चाडबाडको माहोलले गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप सङ्कलनमा ह्वात्तै सुधार आएको हो ।

छ महिनाअघिको बन्दाबन्दीपछि कर्जा प्रवाह ठप्प बनेका बैङ्कहरू पछिल्ला दिनमा कर्जा प्रवाह र निक्षेप सङ्कलनमा आएको वृद्धिले उत्साहित बन्दै छन् ।

बैङ्कहरूले असोजको २३ गतेसम्म २८ खर्ब ७२ अर्ब रुपियाँ ऋण प्रवाह गरेकामा ३० गते आइपुग्दा यो बढेर २९ खर्ब ४१ अर्ब रुपियाँमा पुगेको हो । यसैगरी असोज २३ सम्म २९ खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरेका २७ वाणिज्य बैङ्कले असोज ३० सम्म ३० खर्ब ३५ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् । एक सातामै निक्षेप सङ्कलन मात्र ७१ अर्बले बढेको हो ।

बैङ्क तथा वित्तीय संस्थाको कर्जा तान्ने होडबाजी, कर्जा तान्ने विभिन्न दशैँ योजना र अफरले आर्थिक क्रियाकलाप चलायमान हुन थालेको छ । दशैँले बजारमा बढाएको चहलपहलसँगै बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न थालेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

वि.सं.२०७७ कात्तिक ५ बुधवार १०:२२ मा प्रकाशित

You can share this post!

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...