back
NMB ad

नेप्सेको वृद्धिबारे अनुसन्धान गर्न धितोपत्र बोर्डको निर्देशन

Kumari bank ad

काठमाडौं । पछिल्लो समय सेयर बजारमा भएको लगातारको बृद्धिपछि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गर्न भन्दै नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाएको छ ।

बजारको बृद्धिमै शंका गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग के कति कारणले बजार बढेको हो भनेर बोर्डले पत्र पठाएको बताइएको छ । औपचारिक रुपमा उसले अस्वभाविक कारोबार भन्न नमिलेकाले के कति कारण बजार बढेको हो भन्दै जिज्ञासा गरेको हो ।

बोर्डले बुधबार नेप्सेलाई पत्र पठाएका हो । सेयर बजारमा स्रोत नखुलेको धनले प्रवेश पाएको आशंकामा बोर्डले पत्र पठाएको हो । पछिल्लो समय सेयर बजारको बृद्धिमा स्रोत नखुलेको धन भित्रिएको आशंका हुन थालेको छ ।

यसको चर्चा चल्न थालेपछि नियामकको नाताले बोर्ड सचेत हुन खोजेको हो । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले पनि सेयर लगानीमा ऋण दिइरहेका छन् ।

सो क्षेत्रको लगानी बढी भएको कारण नेपाल राष्ट्र बैंकले पनि सेयर कर्जामा पुनर्विचार गरिने मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत बताएको छ । सेयर बजारले २१ सय बिन्दुमा पुग्ने तरखर गरिरहँदा सिमित कम्पनीको मात्र सेयर मूल्य बढिरहेको छ ।

राम्रै प्रतिफल दिने (बैंक तथा वित्तिय संस्था) कम्पनीहरुको सेयर मूल्य खासै बढेको छैन । यसले गर्दा बजारमा आशंका पैदा भएको छ । केहीदिन अघिमात्रै धितोपत्र बोर्डले लगानीकर्तालाई सुझबुझ पूर्ण लगानी गर्नु भन्दै औपचारिक रुपमै विज्ञप्ति निकालेको थियो ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १४:१९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...