काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य घटेको छ ।
आज छापावाला सुनको मुल्य तोलामा एक सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य तोलामा ५ रुपैयाले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७७ मंसिर २२ सोमवार १०:५५ मा प्रकाशित