back
NMB ad

त्रिशुली अस्पतालमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु

Kumari bank ad

काठमाडौं । त्रिशुली अस्पताल नुवाकोटमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको छ । बीमा कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच एक महिनाअघि भएको सम्झौताअनुसार आइतवारदेखि बीमा कार्यक्रम शुरु भएको हो ।

अस्पतालबाट प्रवाह हुने सबै सेवामा बीमा कार्यक्रममा समावेश गरिएकाले बिरामीलाई स्वास्थ्य जाँचदेखि विशेषज्ञ सेवा एवं शल्यक्रियालगायतमा सेवाको लाभ लिन अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले आग्रह गरे ।

उनका अनुसार बीमा बोर्डका कार्यकारी निर्देशक डा राधिका थपलिया र अस्पतालका तर्फबाट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुनिता केसीले बोर्डको ‘सेवा सम्झौतापत्र’मा हस्ताक्षर गर्दै मङ्सिर १ गतेदेखि बीमा कार्यक्रम लागू गर्न लागिए पनि आइतवारदेखि सेवा सञ्चालनमा आएको हो । दुई पक्षबीच भएको सम्झौता पाँच वर्ष कायम हुनेछ ।

‘स्वास्थ्य बीमा कार्यक्रम’का लागि न्यूनतम पाँच जनाको परिवार भएमा एक वर्षको तीन हजार ५०० शुल्क निर्धारण गरिएको छ । एक परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ७०० थप गरेर बीमा कार्यक्रममा समावेश हुन सक्ने व्यवस्था मिलाइएको त्रिशूली अस्पतालले जनाएको छ । ज्येष्ठ नागरिकका लागि भने बीमाबापत कुनै शुल्क नलाग्ने अस्पतालका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

बीमा दायरामा समावेश सदस्यले एक वर्षसम्म त्रिशुली अस्पतालबाट प्रवाह हुने आधारभूतदेखि विशेषज्ञसम्मको सुविधा प्राप्त गर्न सक्नेछन् । अस्पतालबाट हाल विशेषज्ञ सेवा प्रवाहसमेत बीमा कार्यक्रममा समावेश भएकाले विपन्न एवं ग्रामीण क्षेत्रका बिरामीलाई जिल्ला बाहिर गएर उपचार सेवा लिँदा हुने आर्थिक भार घटाउन बीमा कार्यक्रम सहयोगी हुने अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

वि.सं.२०७७ मंसिर २२ सोमवार १३:३४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...