back
NMB ad

सपिङ मलको भाडा तिर्न विकल्प खोज्दै व्यवसायी

Kumari bank ad

काठमाडौं । सपिङ मलको भाडा तिर्न नसक्दा व्यापारीहरूले सस्तो ठाउँमा सटर खोज्न थालेका छन् ।

कोरोना महामारी र बन्दाबन्दीको प्रभावका कारण व्यापार व्यवसाय खस्किएकाले भाडा तिर्न समस्या भएको भन्दै सपिङ मलभित्र व्यापार गर्ने व्यापारीहरू सस्तो ठाउँमा सटर खोजेर जान थालेका हुन् ।

 

महामारीको प्रभावका कारण काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूमा रहेका ठूला सपिङ मल र सुपर मार्केटहरूको व्यापार यति बेला करीब ७५ प्रतिशतले घटेको छ । व्यापार घटेर समस्यामा परेका व्यापारीहरू सपिङ मल र सुपर मार्केटहरूको महँगो भाडादरले थिचिएका छन् । त्यसैले जतिसक्दो चाँडो सपिङ मल छाडेर सस्तो ठाउँमा व्यापार गर्न जान पाए केही राहत महस्रस हुने विश्वासमा उनीहरू छन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी कोषाध्यक्ष सुषमा महाराका अनुसार मलहरूमा व्यापार गर्ने कतिपय व्यापारीहरू पलायन नै भएका छन् भने अधिकांश व्यापारी मल छाडेर सस्तो भाडादर भएका सटरहरू खोज्दै जाने क्रम बढेको छ ।

‘६ महीना लामो बन्दाबन्दीका कारण व्यापार ठप्प भए पनि व्यापारीले भाडा तिरे, अहिले पनि व्यापार छैन । कति महीनासम्म घाटा खाएर व्यापार गर्नुपर्ने हो थाहा छैन । त्यसैले व्यापारीहरू मल छाडेर व्यापारका लागि सस्तो ठाउँ खोज्न बाध्य भएका हुन्,’ उनले भनिन् ।

व्यापारीहरूलाई बचाउनु मल सञ्चालकहरूको पनि जिम्मेवारी भएकाले घाटा पक्षलाई दुवै मिलेर सामना गर्नुपर्ने महराको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार ०८:४२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...