back
NMB ad

धमाधम शिक्षक दरबन्दी मिलाउँदै स्थानीय तह

Kumari bank ad

ताप्लेजुङ । जिल्लाका स्थानीय तहले शिक्षक दरबन्दी मिलानको कार्य धमाधम गरिरहेको छन् । दरबन्दी मिलान गर्ने क्रममा जिल्लाका नौमध्ये ६ स्थानीय तहले शिक्षक दरबन्दी मिलानको कार्य पूरा गरेका हुन् ।

जिल्लाको पाथीभरा, याङ्वरक, फक्ताङ्लुङ, आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकाले शिक्षक दरबन्दी मिलानको काम गरिसकेका छन् ।

फुङ्लिङ नगरपालिकासहित तीनवटा स्थानीय तहले हालसम्म दरबन्दी मिलानको कार्य पूरा गर्न नसकेको शिक्षण विकास तथा समन्वय एकाइ ताप्लेजुङले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख योगेश्वर भट्टराईका अनुसार दरबन्दी मिलानको कार्य पूरा नगर्नेमा फुङ्लिङ नगरपालिकापछि सिलिङ्वा र आठराई त्रिवेणी गाउँपालिका रहेका छन् ।

फुङ्लिङ नगरपालिकाबाट करिब ३० जना शिक्षक बाहिर जानुपर्ने भएकाले समायोजन प्रक्रियामा अप्ठ्यारो अवस्था आएको हो । नगरपालिका बाहेक अन्य गाउँपालिका भने पालिकाभित्रै एक विद्यालयबाट अर्को विद्यालयमा मिलान गर्न सकिने अवस्था रहेको गोरखापत्रमा प्रकाशित छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार ०९:१७ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...