back
NMB ad

अब निजामती कर्मचारीलाई १४ दिन बिदा दिने !

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमित निजामती कर्मचारीलाई बिदा दिने निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको छ ।

 

 

मन्त्रालयले सोमबार संघका सम्पूर्ण सरकारी निकाय, देशभरका स्थानीय तह र सातै प्रदेशमा पत्राचार गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पत्रलाई आधार मानेर मन्त्रालयले सो पत्राचार गरेको हो ।

कोरोना संक्रमित भएपछि सामान्यतया १४ दिन आइसोलेसन (एकान्तबास) बस्नुपर्ने स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार सरकारले गत मंसिर १० गतेको मन्त्रिपरिषद्को बैठकले १४ दिन नै बिदा दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले पारित गरेपछि कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने प्रस्ताव कार्यान्वयनमा आउने भएको आजको नेपाल समाचारपत्रमा खबर छ ।

सोसम्बन्धी प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृतिका लागि हालै मन्त्रिपरिषद्मा पठाएको प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

कोरोना संक्रमित कर्मचारीहरुले कार्यालय प्रमुख वा सो सम्बन्धमा अख्तियार प्राप्त शाखा वा निकायबाट बिदा स्वीकृति गराउँदै आएका छन् ।  निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने प्रावधान रहेको छ । कोरोना संक्रमण भएको अवस्थामा सो बिदा अपुग रहेकाले बिदा थप गर्नुपर्ने कर्मचारीको मागअनुसार सो निर्णय गरिएको हो ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार ०९:३४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...