back
NMB ad

दश लाभग्राहीद्वारा रकम फिर्ता

Kumari bank ad

तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँमा १० जनाले स्वेच्छिक रुपमा रकम फिर्ता गरेका छन् । भूकम्पपीडित लाभग्राहीमध्ये सम्झौता गरी किस्ता लिएका उनीहरुले रकम फिर्ता गरेका हुन् ।

सरकारले स्वेच्छिक रकम फिर्ता गर्ने व्यवस्था गरेअनुरुप उनीहरुले भवन पुनर्निर्माण नगर्ने भएपछि उक्त रकम फिर्ता गरेका जनाइएको छ । नौ जनाले रु ५० हजारका दरले चार लाख ५० हजार र एक लाभग्राहीले तेस्रो किस्ता बापतको तीन लाख गरी कूल रु सात लाख ५० हजार फिर्ता गरेको कार्यालयले जनाएको छ ।

पहिलो किस्ता बापतको रकम लगेपछि एक हजार ३४३ लाभग्राहीले सम्झौता गर्नसमेत आएका थिएनन् । उनीहरुको खोजी शुरु गरिएको कार्यालयका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिए ।

छुटमा रहेका लाभग्राहीका लागि यही मङ्सिर मसान्तसम्म सम्झौता गर्नुपर्ने, अगामी पुस १५ गतेसम्म पहिलो किस्ता लिइसक्नुपर्ने, माघ १५ सम्म डिपिसी सम्पन्न गरेर लाभग्राहीले निवेदन दिनुपर्ने, वैशाख महिनाको मसान्तसम्म सबै काम सम्पन्न गरी निवेदन दिने र जेठ महिनामा भुक्तानी लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

उनले प्राविधिकलाई स्थानीय तहमा पठाएर प्रत्यक्ष लाभग्राहीले भेटेर भवन निर्माण गर्ने(नगर्ने, गर्ने भए कहिलेसम्म पुनर्निर्माण कार्य सम्पन्न गर्ने भनी कबुलियती नाम गराउने कार्य शुरु गरिएको बताए ।

पुनर्निर्माण गर्न नसक्नाका कारणसहित कार्यालयले तथ्याङ्क सङ्कलन गर्ने कार्य गरिरहेको छ । उनले भने, “जिल्लामा जोखिम वर्गका लाभग्राही ५४१ रहेका छन् ।”

नौ हजार १०९ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम लिइसकेका छन् । अगामी कात्तिक मसान्तसम्म निजी आवास पुनर्निर्माण कार्यक्रमअन्तर्गत लाभग्राहीलाई तेस्रो किस्ता रकम निकासा गरिएको हो ।

जिल्लामा भूकम्पबाट क्षति भएका १५ हजार ९६३ लाभग्राहीमध्ये १४ हजार ६२० लाभग्राहीलाई पहिलो किस्ताको रकम निकासा गरिएको कार्यालयका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

छुट हुन गएका लाभग्राहीमध्ये केही व्यक्ति कार्यालयमा आएर सम्झौता गर्न थालेका छन् । उनले भने “पहिलो किस्ता लगेका एक हजार ३४३ मध्ये करीब ५० प्रतिशतले सम्झौता हुन सक्ने अनुमान गरिएको छ ।”

भूकम्पबाट जिल्लाको भानु नगरपालिकामा पूर्ण क्षति भएका चार हजार ५५१ र आंशिक क्षति २९४ गरी चार हजार ८४५, व्यासनगरपालिकामा पूर्ण क्षति दुई हजार ९३ र आंशिक ४४८ गरी दुई हजार ५४१, शुक्लागण्डकी नगरपालिकामा पूर्ण क्षति एक हजार ९५७ र आंशिक १२० गरी दुई हजार ७७, म्याग्दे गाउँपालिकामा पूर्ण क्षति एक हजार ३९२ र आंशिक ९७ गरी एक हजार ४८९ तथा भिमाद नगरपालिकामा पूर्ण क्षति एक हजार १४५ र आंशिक १८६ गरी एक हजार ३३१ घर क्षति भएका थिए ।

त्यसैगरी बन्दिपुर गाउँपालिकामा पूर्ण क्षति एक हजार २४ र आंशिक ९२ गरी एक हजार ११६, आँबुखैरेनी गाउँपालिकामा पूर्ण क्षति ७५२ र आंशिक १८९ गरी ९४१, देवघाट गाउँपालिकामा पूर्ण क्षति ६१९ र आंशिक ४२ गरी ६६१, ऋषिङ गाउँपालिकामा पूर्ण क्षति ५४५ र आंशिक ८७ तथा घिरिङगाउँपालिकामा पूर्ण क्षति ३१७ र आंशिक १३ गरी ३३० घर क्षति भएका थिए ।

आर्थिक वर्ष ०७५(७६ मा पहिलो किस्ता ३१७, दोस्रो किस्ता पाँच हजार २६५ र तेस्रो किस्ता पाँच हजार १३२ लाभग्राहीका रकम निकासा गरिएको छ ।

कार्यालयका अनुसार आव ०७६(७७ मा पहिलो किस्ता ६१९, दोस्रो किस्ता एक हजार ४५४ र तेस्रो किस्ता दुई हजार २९३ जनालाई रकम निकासा गरिएको छ ।

त्यसैगरी आव ०७७-७८ मा पहिलो किस्ता ४०८, दोस्रो किस्ता ३४६ र तेस्रो किस्ता ७२२ जना लाभग्राहीले रकम बुझिसकेको कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १३:०३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...