काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सूचना जारी गर्दै ५८ हजार १२२ कित्ता संस्थापक समूहको शेयर विक्री गर्न लागेको बताएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिला बैंककै संस्थापक शेयरधनीलाई प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित गरेको ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा पुग्ने गरी निवेदन दिन भनेको छ ।
उक्त समयभित्रमा आवेदन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई विक्री गर्ने पनि कम्पनीले भनेको छ ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार १५:३५ मा प्रकाशित