back
NMB ad

सांसद केसीकी आमाको स्मृतिमा बागलुङका तीन सहकारीले गरे सयुक्त श्रद्धाञ्जली सभा

Kumari bank ad

बागलुङ । संघीय सांसद मन कुमारी के.सी. जि.सी.की आमा हरिकला खत्रीको निधन भएको ७ औं पूण्य तिथि पारेर बागलुङमा मंगलवार संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ, स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङ र क्षत्री समाज बागलुङले संयुक्त रुपमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु), स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिवकला थापा, क्षत्री समाजका अध्यक्ष बाबुराज कार्की तथा ओम साकोसका अध्यक्ष रुद्र बहादुर महतले स्वर्गीय हरिकला खत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाका जेष्ठ शेयर सदस्य हर्क बहादुर खत्रीकी धर्मपत्नी, संस्थापक अध्यक्ष तथा संघीय सांसद मना केसी र गंगा केसीकी आमा, शेयर सदस्य राम बहादुर जिसीकी सासुआमा, सन्ध्या जिसी र आर्यन जिसीकी हजुरआमा हरिकलाको निधनप्रति दुख व्यक्त गर्दै संस्थाका तर्फबाट प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरिएको थियो ।

शेयर सदस्यको निधनमा प्रदान गरिने १५ हजार र सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने ५ हजार गरी २० हजार रुपैया सहित श्रद्धाञ्जली वक्तव्य सांसद केसी र गंगा केसीलाई संस्थाका अध्यक्ष हुमा कुमारी जिसीले हस्तान्तरण गर्नु भयो ।

स्वाभिमान सहकारी र क्षेत्री समाजका तर्फबाट स्वाभिमानका अध्यक्ष शिवकला थापाले शोक व्यक्तव्य हस्तान्तरण गर्नु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले गर्नु भएको थियो ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १८:०५ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...