back
NMB ad

चक्रपथ विस्तारमा भगवान बुद्धको हजार मुर्ति स्तुपा भत्किदैन : मन्त्री नेम्वाङ्ग

Kumari bank ad

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाडौं चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्र भित्रका बौद्धमार्गीहरुले तपस्या गर्ने भगवन बुद्धको हजार मुर्ति स्तुपा नहटाइने बताउनुभएको छ ।

मंगलबार स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सडक विस्तारको क्रममा कम्तिमा पनि स्वयम्भु क्षेत्रमा रहेको भगवन बुद्धको हजार मुर्ति स्तुपा जोगाउँनु पर्छ भन्ने बुझाई प्रष्ट भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मुर्तिको स्तुपा जोगाउँनु पर्छ भन्ने प्रष्ट भएको छ । प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाईने छ ।’ उहाँले सरकार विभिन्न समुदायको संस्कृती संरक्षणमा मात्र होइन नयाँ चरणमा विकास गर्न लागि परेको बताउनु भयो । उहाँले भन्नुभयो ‘यो सरकार नयाँ संविधानद्धारा निर्देशित छ ।

नयाँ मुलुक निर्माणमा अगाडी बढेको सरकार स्वभावैले मुलुुकका चौतर्फी विकास गर्न चाहान्छ । अरु चौतर्फी विकासका अलावा मुलुकको विविध धर्म, विविध समुदाय विविध, सस्कृतीको रक्षा मात्र होइन । यसको नयाँ चरणमा विकास गर्न लागि परेको छ ।’ उहाँले मुलुकको विविध सस्कृती सामाजिक सम्पती रहेको समेत उल्लेख गर्नुभयो ।

मन्त्री नेम्बाङ्गले स्वयम्भू क्षेत्र जस्तो विश्वसम्पदा सूचिमा रहेका क्षेत्रहरुको संरक्षण मात्र होइन अझ विकास गरेर लाने कुरामा सरकारको नीति कार्यक्रममा स्पष्ट रहेको बताउनुभयो ।

उहाँले सडक विस्तार गरिदा यसका प्राविधि पक्ष, धार्मिक पक्ष, विश्वसम्पदा क्षेत्रका प्रावधान सबै विषयवस्तुलाई ध्यान दिइने बताउनुभयो ।
समुदायको भावना र संवदेनशिलतासंग जोडिएकाले विषय भएकाले अभियानले ध्यानाकर्षण नगराउँदै पुरातत्व विभाग, महानगरपालिकासंग छलफल गर्नुका साथै आयोजना कार्यान्वयन गर्ने निकायलाई सचेत गराई सकेको समेत उहाँले जानकारी दिनुभयो ।
उहाँले बुद्धमार्गीहरु, बुद्ध धर्मलम्वीहरु स्वभावैले सिर्जशल, सकारात्क र शान्तिपूर्ण चरित्र र मनसायको हुने भन्दै प्रशंसा गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले स्वयम्भु जस्ता सम्पदाहरु सरकारले नै विश्वसम्पदा सूचिमा सुचिकृत गराएकाले त्यसको प्रावधान पालना गर्ने बताउनुभयो ।

त्यस्तै स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संविधानसभाका सभासद पासाङ शेर्पा र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले समेत धारणा राख्नु भएको थियो ।

काठमाडौं चक्रपथ सुधार आयोजना दोस्रो खण्ड कलंकीदेखि धोविखोला ११.६ किलोमिटर साइट क्लियरेन्सको अन्तिम चरणमा रहेको छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार २०:२२ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...