back
NMB ad

फोहरमैला विसर्जन केन्द्र स्थापना हुने

Kumari bank ad

सङ्खुवासभा । चैनपुर नगरपालिकाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन गर्ने गरी डम्पिङ साइट (फोहोरमैला सङ्कलन केन्द्र) को स्थापना गर्ने भएको छ ।

एक हजार ७३ वर्गमिटर क्षेत्रफल जग्गामा नौ हजार ६०४ दशमलव ६ घनमिटर क्षमताको फोहरमैला विसर्जन केन्द्र निर्माण गर्ने नगरपालिकाले जनाएको छ ।

अनुमानित रु तीन करोडको लगानीमा दुई वर्षभित्रमा योजना पूरा गर्ने गरी निर्माणको काम थालनी गरिने भएको छ । चैनपुर नगरपालिकास्थित पोखरी बजार नजीक दाहालडाँडा छेउको सार्वजनिक जमीनमा फोरहमैला विसर्जन केन्द्रका लागि नगरपालिकाले वातावरणीय परीक्षणसमेत गर्ने भएको छ ।

सेमी एरोबिक लेन्ड फिल्ड साइट मोडेलमा निर्माण हुने सो केन्द्रमा सड्ने र नसड्ने गरी फोहर छुट्याएर विसर्जन गरिने वडा नं ३ का अध्यक्ष बलबहादुर अधिकारीले बताउनुभयो । सड्ने फोहरबाट प्राङ्गारिक मलसमेत उत्पादन गर्न सकिने उहाँको भनाइ छ ।

नगरपालिकाले हालै फोहरमैला व्यवस्थापन केन्द्रका लागि प्रारम्भिक वातावरणीय परीक्षण सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

फोहरमैला व्यवस्थापन केन्द्रको वातावरणीय परीक्षणमा वायु प्रदूषण, दुर्गन्ध, पानी प्रदूषण, माटो प्रदूषण, भूमिगत जलस्रोत, व्यवसायजन्य सुरक्षा जोखिमजस्ता विषयमा परीक्षण गरिने वातावरण विज्ञ सन्देश पोखरेलले बताउनुभयो ।

केन्द्रका चैनपुर बजार, खराङ बजार, पोखरी बजार, नुनढाकी बिहीबारेलगायत शहरी क्षेत्रको फोहरमैलालाई व्यवस्थित गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले जानकारी दिनुभयो ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १२:५७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...