back
NMB ad

पूर्णरुपमा डुब्यो सहकारी बैंक, लाइसेन्स पनि रद्द !

Kumari bank ad

एजेन्सी । भारतीय रिजर्भ बैंक (आरबीआई) ले मंगलबार महाराष्ट्रको कराडस्थित जनता सहकारी बैंकको लाइसेन्स रद्द गरिदिएको छ ।

आरबीआईले सहकारी बैंकसँग कारोबारको सञ्चालनका लागि आवश्यक पूँजी नभएको भन्दै लाइसेन्स रद्द गरिदिएको जनाएको छ । आरबीआईका अनुसार, उक्त बैंकसँग आम्दानीको पनि कुनै सम्भावना थिएन ।

लाइसेन्स रद्द हुनुको मतलब अब उक्त सहकारी बैंक बन्द हुनेछ। यद्यपी आरबीआईले भनेको छ कि, ९९ प्रतिशत निक्षेपकर्ताहरुलाई उनीहरुको सम्पूर्ण जम्मा पूँजी प्राप्त हुनेछ । निक्षेपकर्ताहरुलाई उक्त रकम डिपोजिट इन्स्योरेन्स एण्ड क्रेडिट ग्यारेन्टी कर्पाेरेशन (डीआईसीजीसी) बाट प्राप्त हुनेछ ।

७ डिसेम्बरमा कार्य समाप्त भएपछि सहकारी बैंकको लाइसेन्स रद्द गरिएको हो । सहकारी बैंकले तत्काल बैंकिङ कामकाज गर्न सक्ने छैन, जसमा डिपोजिट स्वीकार गर्नु र डिपोजिट भुक्तान गर्नु पनि शामिल रहेको छ ।

लाइसेन्स रद्द भएपछि र तरलताको प्रक्रिया सुरु भएसँगै सहकारी बैंकको निक्षेपकर्ताहरुलाई पैसा फिर्ता गर्ने प्रक्रिया सुरु हुनेछ । आरबीआईले बैंकलाई नियमित राख्नु निक्षेपकर्ताहरुको हितमा नभएको जनाएको छ।

हालको स्थितिमा बैंकले आफ्ना निक्षेपकर्ताहरुलाई पूरै भुक्तानी गर्न पनि सक्दैन । यदि बैंकको कार्यलाई चालु राखियो भने यसबाट जनहित प्रभावित हुनेछ ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार १०:३६ मा प्रकाशित

You can share this post!

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...