काठमाडौं । युनाइटेड फाइनान्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाँड्ने भएको छ ।कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको २५५औं बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीको वित्तीय अवस्था थप सबल तथा शशक्त बनाउन आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।
वि.सं.२०७७ मंसिर २५ बिहीवार ११:२७ मा प्रकाशित