back
NMB ad

नयाँ उचाइको रणनीतिक प्रतीकात्मकता

Kumari bank ad

काठमाडौं । मंसिर २३ मा नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर रहेको घोषणा गरे ।

यो उचाइ यसअघिको भन्दा ८६ सेन्टिमिटरले बढी छ। सामरिक, राजनीतिक र आर्थिक विकासको पृष्ठभूमिका यो संयुक्त घोषणाले तीन हिसाबले रणनीतिक महत्व राख्छ ।

पहिलो हो, विश्वको प्रमुख शक्तिका रूपमा हालै विकास भएको चीनको आत्मविश्वास। सगरमाथाको उचाइ ८८४८ मिटर सन् १९५० मा सर्भे अफ इन्डियाले तय गरेको थियो।

त्यसपछि इटाली, चीन र अमेरिकाले उचाइ नाप्ने प्रयास गरेका थिए तर सुरुको घोषणा नै सार्वजनिक तथा वैज्ञानिक लेखहरूमा मुखरित हुँदै आयो। नेपाल र चीनको नयाँ घोषणाले सुरुको उचाइलाई प्रतिस्थापन किन गर्छ भने यसलाई दुवै महत्वपूर्ण सरोकारवालाले स्वामित्व ग्रहण गरेका मात्र छैनन्, एक्काईसौं शताब्दीमा उदाउँदो शक्ति राष्ट्र चीनको समर्थन छ। तत्कालीन सर्भेयर जनरल अफ इन्डिया सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामकरण भएको थियो।

त्यसअघि ‘पिक एस्कभी’ नामबाट चिनिने सो चुचुरोसँग उनको कुनै नाता थिएन। १९औं शताब्दीमा विश्वको प्रमुख शक्ति राष्ट्र बेलायत भएका बेला त्यहाँको रोयल जोग्राफिक सोसाइटीले सर जर्जलाई सन् १८६५ मा सम्मान गरेको थियो।

त्यति बेला एसियाका स्थानीय सरोकारवालाको यसमा कुनै भूमिका थिएन। सन् २०२० मा चीनको समर्थनमा भएको नयाँ उचाइ घोषणाले विश्वले यो उचाइलाई मान्यता नदिने डर कम छ। सन् १९५० वा सन् २००० जस्तो चीन अब छैन।

यस्तै दोस्रो पक्ष के हो भने नेपालको शक्तिशाली छिमेकी राष्ट्रसँगको सहयोगमा विषमता छ। नेपालले सन् २०२० को अधिकांश समय कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सिमानाबारे भारतसँगको विवादमा बितायो। यो सीमाक्षेत्र चीनसँग पनि जोडिएको छ। पछिल्ला सातामा भएका उच्चस्तरीय भ्रमणले हालै दुई देशको सम्बन्ध सामान्यीकरण हुँदैछ तर यो तत्काल समाधान हुन सक्ने देखिन्न।

चीन पनि भारतसँग सीमा विवादमा छ र सीमाको विषयमा यी दुई राष्ट्रको लडाइँसमेत भएको छ। तर यसविपरीत नेपाल र चीनले आप्mना सीमा विवादलाई सौहाद्र्रपूर्ण हिसाबले संवादबाट सल्टाएका छन्।

यो विषयमा सन् १९६० मा चीनका नेता माओ जेदुङसँग नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले प्रस्टरूपमा समकक्षीको हैसियतमा सगरमाथा नेपालको रहेको अडान राखेका थिए। त्यसपछि यो चुचुरो साझा रहेको भनेर दुवै देशले स्वीकार गरेका थिए।

तेस्रो पक्ष भनेको विश्वव्यापी आर्थिक गुरुत्वाकर्षणको केन्द्रमा भएको परिवर्तन हो। सिंगापुरस्थित लि क्वान यु स्कुल अफ पब्लिक पोलिसीका डिन प्राध्यापक ड्यानी क्वाका अनुसार सन् १९८० मा विश्व अर्थतन्त्रको गुरुत्वार्षण केन्द्र मध्य–एट्लान्टिक थियो तर सन् २००८ मा आइपुग्दा चीन तथा अन्य पूर्वी एसिया राष्ट्रको उदयका कारण त्यो शक्ति हेल्सिन्की र बुखारेस्टबाट पूर्वतर्फ स्थानान्तरित भएको छ। नागरिक दैनिकबाट

वि.सं.२०७७ मंसिर २६ शुक्रवार ०८:२३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...