back
NMB ad

न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

Kumari bank ad

काठमाडौं । तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा समितिमा ९६उजुरी दर्ता भएकामा २४ जग्गा विवाद सम्बन्धी रहेका छन् । अधिकांश उजुरी साँध सिमानाकै रहेका न्यायिक समितिको संयोजक एवम् उपप्रमुख भवानी डोटेल (धिताल) ले जानकारी दिए ।

उनका अनुसार सो आवमा परेका उजुरीमा २० सार्वजनिक जग्गा/बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५ रहेका छन् । यस अवधिमा ४४ वटा मुद्दा किनारा लगाइएको छ ।

एघारउजुरी मेलमिलाप तथा सहमति भएका, दुई उजुरी मुल्तबीमा राखिएको ३९ प्रक्रियामा रहेको उनले बताए । घरेलु हिंसा र महिला हिंसाका उजुरीहरु समितिमा अत्यन्त कम पर्ने जनाइएको छ ।

सामाजिक परिवेश तथा चेतनाको कमीले पनि यस्ता खालको उजुरीहरु बाहिर ल्याउन हुन्न भन्ने मान्यताले उजुरी थोरै पर्ने गरेको बताइएको छ । व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घर–जग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी–लेनदेनका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् ।

आव २०७५÷७६ मा ८१ उजुरी दर्ता भएकामा २८ जग्गा विवादसम्बन्धी रहेका थिए । त्यस्तै नौ सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, १९ सिमाना विवाद, दुई सम्बन्ध विच्छेद र एउटा महिला तथा बालबालिका हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका थिए ।

सो अवधिमा ३१ वटा उजुरी न्यायिक समितिबाट फैसला गरिएको, बीस सहमति भएको, ४९ प्रक्रियामै रहेको र एउटा मुल्तबीमा राखिएको छ ।चालू आवामा समितिमा उजुरीहरु आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा आउने उजुरीहरु सबै लिखितरुपमै आउने गरेका छन् । उपप्रमुख डोटेलको संयोजकत्वमा रहेको समितिमा दुईजना कानून व्यवसायी सदस्य रहेका छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १७:२५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...