back
NMB ad

यसपाली जाडो बिदा नदिने निर्णय, शनिबार पनि पढाइ हुने !

Kumari bank ad

मुग । मुगुको उत्तरपूर्वी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा जाडो बिदा नदिने निर्णय गरेको छ ।

कोरोना महामारीका कारण बन्द विद्यालय झण्डै ८ महिनापछि खुलेकाले जाडो बिदा नदिने साथै शनिबार पनि पढाइ हुने निर्णय गरिएको हो । गाउँपालिकामा रहेका १८ वटा विद्यालयहरू मंसिर १८ गते देखि सञ्चालनमा आएका छन् ।

हिउँदमा अत्यधिक हिमपात हुने मुगमकार्मारोङमा यस अघिका वर्ष पुस १५ देखि माघ १५ सम्म जाडो बिदा गर्ने गथ्र्यो । यो वर्ष कोर्स नसकिने भन्दैै गाउँपालिकाले बिदा नदिने निर्णय गरेको हो ।

सार्वजनिक बिदाका दिन पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । शनिबार पनि विद्यालय सञ्चालन हुने उनको भनाइ छ ।

अत्यधिक जाडो बढेपछि केही विद्यालय आगो बालेर तथा अन्य सावधानीका उपाय अपनाएर विद्यालय सञ्चालन भइरहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले बताए ।

उत्तरी भागमा भारी हिमपातका कारण हिउँदको समयमा तापक्रम माइनस डिग्री सेलसिएसमा हुने गर्दछ । भने चिसो छल्नका लागि मानिसहरू जिल्ला सदरमुकाम गमगढी, जुम्ला, सुर्खेत, नेपालगञ्ज लगायतका ठाउँमा आउने गर्छन् ।

चारवटा स्थानीय तह रहेको मुगुका अन्य स्थानीय तहले पनि जाडो बिदा नगर्ने तयारी गरेका छन् ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १९:२८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...