back
NMB ad

मध्यपहाडी राजमार्गको काममा ढिलाइ

Kumari bank ad

दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको कामले गति लिन सकेको छैन ।

काम शुरू भएदेखि नै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र कालोपत्र गर्ने काम चरणबद्ध रूपमा हुँदै आए पनि ढिलासुस्ती भइरहेको छ । आयोजनाले सडकको सबै पूर्वाधारको तयारीपछि २०७३ देखि मात्र कालोपत्रका लागि ठेक्का खोलिएको दैलेख खण्डमा पर्ने १२५ किलोमिटर सडकमध्ये २५ किलोमिटर मात्र कालोपत्र भएको छ ।

यद्यपि पछिल्ला दिनमा काम धमाधम अगाडि बढिरहेको मध्यपहाडी आयोजना कार्यालय दैलेखका प्रमुख डा. अर्जुनकुमार बमले बताए ।दुईओटा पक्की पुलसहित १२ ओटा ठेक्का अहिले सञ्चालनमा आएका छन् ।

काम शुरू भएदेखि यो वर्षसम्मको ठेक्कामा कुल रू. ४ अर्ब २७ करोडको लागतमा विभिन्न स्थानमा काम शुरू गरिएको छ । अहिलेसम्म रू। १ अर्ब ३४ करोड भुक्तानी भइसकेको आयोजनाले बताएको छ ।

मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख बमका अनुसार रुकुम पूर्व र अछामसम्म रू। १० अर्ब ८८ करोड ५९ लाख बराबरको विभिन्न ठेक्कामार्फत सडक कालोपत्रका लागि काम शुरू भएकोे छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत दैलेख खण्डका कतिपय स्थानमा ६ वर्षअघि पक्की नाली र ग्राभेल सम्पन्न भएको थियो । उक्त कामका लागि करोडौं रकम खर्च गरिएको थियो । तर अहिले पक्की नाली भत्काएर पुनः काम शुरू भइरहेको छ ।

विशेषगरी सदरमुकामको लोहोरेदेखि भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाको सिमाना चगर्तासम्मको सडकखण्डमा अहिले कुनै पनि पुरानो संरचना देख्न र भेट्न पाइँदैन । विगत ६ वर्ष अघिदेखिको कामको सूचना माग गर्दासमेत आयोजनाले सूचना प्रदान गर्न सकेको छैन । अहिले विभागमा मात्र यसको जानकारी हुने भन्दै विवरण उपलब्ध गराउन नसकिएको आयोजनाका कर्मचारीले बताउँदै आएका छन् ।

चार कम्पनीको म्याद थप

सदरमुकामको पूर्वी खण्डमा पर्ने विभिन्न सडकखण्डको कालोपत्रको काम २०७७ असारसम्म सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौता गरेका चार कम्पनीले कोरोना कहर देखाउँदै पुनः ६ महीनाका लागि म्याद थप गराएका छन् ।

२०७७ असारसम्ममा काम सक्ने जिम्मेवारी पाएका रमन केएल जेभी, शर्मा गजुरमुखी, पुप्पु हाई हिमालय जेभीको म्याद थपिएको आयोजनाले जानकारी दिएको छ । दैलेख खण्डका लागि ठेक्का सम्झौता गरेका अन्य ९ ओटा कम्पनीको म्याद २०७८ र २०७९ मा सकिने सम्झौतामा उल्लेख छ ।

मुआब्जाको काम अगाडि बढ्यो

मध्यपहाडी राजर्माग सडकखण्डको विवाद भएको स्थान सदरमुकाम खण्डलगायत अन्य विभिन्न खण्डमा देखिएका विवादको समाधान गर्दै सबै खण्डमा कालोपत्रका लागि ठेक्का खोलिसकिएको छ ।

समस्या समाधानका लागि रू. ४ करोडको मुआब्जा वितरण गर्ने तयारी गरिएको आयोजना कार्यालयले बताएको छ । मुआब्जाको विवरण संकलन र मूल्यांकन रकमको विवरण प्राप्त भइसकेकाले तत्कालै प्रक्रियामा अगाडि बढाइने जानकारी आयोजनाले दिएको छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार ०८:२० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...