काठमाडौ । नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ ।
आज छापावाला सुनको मुल्य स्थिर रहदै प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । शुक्रबार पनि छापावाला सुन तोलाको ९२ हजार ५ सयमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ५० नै कायम रहेको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७७ मंसिर २८ आइतवार ११:२५ मा प्रकाशित