back
NMB ad

सिद्धिपुरदेखि लामाटारसम्मको सडक पुनः अवरुद्ध

Kumari bank ad

काठमाडौं । निर्माण सम्पन्न हुने चरणमा पुगेको ललितपुरको सिद्धिपुरदेखि लामाटारसम्मको सडक पुनः अवरुद्ध बनेको छ । लामो समयसम्म सडकको मापदण्ड विवादका कारण अघि नबढेको सडक अहिले निर्माण सामग्री अभावले गर्दा रोकिएको हो ।

अवैधरुपमा हुँदै आएको ढुङ्गा, बालुवालगायतका सामग्रीको उत्खनन र ओसारपसार रोक्ने सरकारको निर्णयका कारण सडक निर्माणमा बाधा पुगेको छ ।

धेरै निर्माण व्यवसायीले पहिले निर्माण सामग्री भण्डार गरेर नराखेको र अहिले निर्माण सामग्री नै पाइएन भनेर काम रोकेको आयोजना प्रमुख गुरु अधिकारीले बताए । उनका अनुसार नियमितरुपमा काम हुन सकेको अवस्थामा यो सडक एक(दुई सातामा सम्पन्न हुनसक्छ । उनले भने, “तत्काल काम नहुँदा अझै दुई तीन महिना पनि लाग्नसक्छ ।”

निर्माण सामग्रीका कारण सडक निर्माण अघि नबढेकामा अहिले तत्काल सामग्री उपलब्ध भए पनि काम गर्ने वातावरण नहुने प्रमुख अधिकारीले बताए । जाडो मौसममा कालोपत्रको काम गर्न राम्रो हुँदैन । यो समयमा अरु कतिपय सडकमा ‘सब बेस’ र ‘बेस’ को काम गर्न सकिने भए पनि कालोपत्र मात्रै बाँकी भएको यो सडकमा तत्काल काम गर्न सकिँदैन ।

माघको मध्यपछि मात्रै जाडो कम हुने भएकाले कालोपत्र गर्न सकिन्छ । कार्यरत निर्माण कम्पनीले अवधि थपका लागि आवेदन दिएको उनले बताए । उनले भने, “कोभिडका कारण अवरुद्ध ठेक्कामा छ महिना थप्ने सरकारको निर्णय भएकाले सबै ठेक्कामा आवेदन आइरहेको छ ।”

यो सडक निर्माण तीन ठेक्कामा भइरहेको छ । निर्माण कम्पनी डाँफे(सामानान्तर जेभी, आशिस(सिएम(ड्रागन जेभी र लामा समानान्तरण जेभीले सडक निर्माण गरिरहेका छन् । सडकको लम्बाइ झण्डै १० किमी छ ।

आयोजनाले विसं २०७३ र विसं २०७४ मा सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सडकको मापदण्ड २० मिटर हुनेगरी ठेक्का सम्झौता भए पनि स्थानीयवासीले घर र जग्गा दुवैको मुआब्जा नदिँदासम्म सडक विस्तार गर्न नदिने भनी अवरोध गरेका थिए ।

सडकमा रहेका पूर्वाधार र कतिपय धार्मिक सम्पदाका कारणसमेत सडक विस्तारमा अवरोध पुगेको थियो । अहिले त्यो अवरोध हटेर उपलब्ध चौडाइमा काम भइरहँदा निर्माण सामग्री अभावले पुनः काम रोकेको छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १५:११ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...