back
NMB ad

सुनकोशीमा बेलिब्रिज बनेपछि यातायात सञ्चालन

Kumari bank ad

उदयपुर । उदयपुर र खोटाङको बीचमा पर्ने सुनकोशी नदीमा बेलिब्रिज जडान भएपछि ६ महिनादेखि बन्द हुन पुगेको गाईघाटदेखि खोटाङको सदरमुकाम दिक्तेलसम्मको यातायात सेवा पुनःसञ्चालन भएको छ ।

गाईघाट–दिक्तेल सडक कार्यलय बोक्सेका अनुसार सो सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङको लिच्की राम्चेबीच सुनकोशी नदीमा हालै बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि आइतवारदेखि सिधा यातायात शुरु भएको हो ।

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै बेलिब्रिज गत जेठमा खोलिएपछि यातायात सेवा बन्द भएको थियो । ६ महिनापछि पुनः बेलिब्रिज जडानसँगै अब गाईघाट–दिक्तेल सडकखण्डमा सिधा यातायात सेवा सञ्चालन भएको हिमाली यातायात व्यवसायी संघका संयोजक परमेश्वर घिमिरेले बताए ।

रेग्मी निर्माण सेवा कम्पनीले यही मंसिरको पहिलो हप्तादेखि रू. ८५ लाख बजेटमा बेलिब्रिज जडान गर्ने ठेक्का लिएको सडक कार्यालयका प्रमुख गोपाल खकुरेलले बताए । उक्त बेलिब्रिजको लम्बाइ ५० मिटर रहेको छ भने चौडाइ छ मिटर रहेको छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १४:५१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...