back
NMB ad

सकियो दुई लघुजलविद्युत आयोजना निर्माण कार्य, सुरु भयो विद्युत् उत्पादन

Kumari bank ad

 मुगु । विद्युत् सुविधाबाट बञ्चित मुगुका दुई गाउँपालिकामा निर्माण गरिएको दुई अलगअलग लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् ।

 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा मुगुमकार्मारोङ गाउँपालिकामा १७ किलोवाट क्षमताको घाँसेओडार खोला लघुजलविद्युत आयोजना र सोरु गाउँपालिकामा ३५ किलोवाट क्षमताको रुमाखोला लघुजलविद्युत् आयोजना निर्माण भएको हो ।

घाँसेओडार खोला लघुजलविद्युत आयोजनाबाट २१५ घरधुरी र रुमाखोला लघुजलविद्युत आयोजनाबाट ३५० घरधुरी लाभान्वित भएका छन् ।

ती दुबै आयोजनाको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले लघुजलविद्युत आयोजना दिगोरुपमा सञ्चालन गर्नुपर्नेमा आवश्यकता औँल्याए । उनले छोटो समयमा जिल्लाको विकट गाउँमा लघुजलविद्युत आयोजनामार्फत विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको बताए ।

केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले सरकारको ‘उज्यालो नेपाल अभियान’लाई सफल बनाउन केन्द्रले विद्युतीकरण गर्ने कार्यलाई तीव्रता दिएको बताउँदै अब जिल्लाको विद्युत नपुगेका स्थानहरुमा नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरणका क्रियाकलापहरु अघि बढाइने छ भने ।

रु एक करोड ६८ लाखको लागतमा निर्माण भएको घाँसे ओडार लघुजलविद्युत आयोजनामा केन्द्रको रु ६४ लाख ६० हजार अनुदान सहयोग रहेको छ भने बाँकी लागत गाउँपालिका र समुदायले जुटाएका छन् । त्यस्तै रु दुई करोड ८३ लाख ६० हजारको लागतमा निर्माण भएको रुमाखोला लघुजलविद्युत आयोजनामा केन्द्रको रु एक करोड ३३ लाख अनुदान सहयोग रहेको छ भने बाँकी रकम गाउँपालिका र समुदायले व्यहोरेका हुन् ।

लघुजलविद्युत्को उज्यालोले स्थानीयहरुमा उमङ्ग छाएको घाँसेओडार खोला लघुजलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष वीरसिंह बुढा र रुमा खोला लघुजलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष मानबहादुर बुढा बताए ।

अब विद्युतीय सामग्री सञ्चालन गर्न, विद्यार्थीलाई लेखपढ गर्न सहज भएको छ भने थप विद्युतीय ऊर्जा प्रयोग गरी लघु उद्यमको माध्यमबाट आयआर्जनका क्रियाकलापहरु सञ्चालन गर्ने उनीहरुको भनाइ छ ।

केन्द्रले राष्ट्रिय प्रशारण लाइन नपुगेको ९७ वटा स्थानीय तहमा २०० वटा मिनीग्रिड आयोजना जडान गर्ने लक्ष्य लिएको छ । त्यस्तै खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच विस्तारको लागि सुधारिएको चुलो, वायोग्यास विद्युतीय चुलो, फोहरबाट ऊर्जाजस्ता गतिविधिलाई समेत तदारुकताका साथ अघि बढाएको छ ।

कोरोना महामारीबाट सिर्जित बन्दाबन्दीको अवधिमा समेत नवीकरणीय ऊर्जाको गतिविधि नरोकेको केन्द्रले बन्दाबन्दीपछि देशैभर नवीकरणीय ऊर्जाको गतिविधिमा तीव्रता दिएको छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १२:१४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...