back
NMB ad

विपद् प्रतिकार्य योजना तयार

Kumari bank ad

बागमती । बागमती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालयले विपद् प्रतिकार्य योजना तयार गरेको छ ।

जिल्लामा हुनसक्ने सम्भावित विपद्सम्बन्धी घटनाको पूर्वअनुमान गरी सोको बचावट र रोकथामको कार्य गर्ने गरी विपद् प्रतिकार्य योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

यसैबीच जिल्ला प्रशासन कार्यालयले तयार गरेको सो योजनालाई जिल्ला विपद् व्यवस्थापन समितिले कार्यान्वयन गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै सरोकारवालाहरुको सहकार्यमा प्रतिकार्य योजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न योजना अघि बढाएको हो ।

यसैगरी मकवानपुरमा विपद् प्रतिकार्यमा गैरसरकारी संस्थाका तर्फबाट भूमिका निर्वाह गर्ने जिम्मेवारी नेपाल रेडक्रस सोसाइटीले पाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यसअघि प्लान इन्टरनेसनलले निर्वाह गर्दै आएको भूमिका रेडक्रसलाई प्रदान गरेको हो ।

मकवानपुर जिल्लाबाट प्लान इन्टरनेसनल बाहिरिने हुनाले उक्त जिम्मेवारी रेडक्रसलाई प्रदान गरिएको हो । प्लान इन्टरलेसनलले मकवानपुरमा रहँदा गैरसरकारी संस्थाका तर्फबाट विपद्मा उद्धारलगायत विभिन्न सहयोग गर्दै आएको थियो । लामो समय मकवानपुरमा काम गरेको प्लान इन्टरनेसनल यसै वर्षदेखि मकवानपुरबाट बाहिरिँदै छ ।

यस्तै बैठकले जिल्लाका विभिन्न स्थानमा खोलाले बगाएर मृत्यु भएकाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । गत असोज १२ गतेयता खोलाले बगाएर मृत्यु भएका छ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।

त्यस्तै बैठकले जिल्लास्थित विभिन्न नदी, खोला, खहरेहरुमा वर्षाका बेला आइपर्ने समस्या न्यूनीकरणका लागि त्यस्ता प्रभावित स्थानबाट नदीजन्य पदार्थ निकाल्ने निर्णय गरेको छ ।

स्थानीय तहबाट पहिचान भइआएका स्थानहरुमा प्राविधिकसहित स्थलगत निरीक्षण गरी प्रभावित स्थानबाट आवश्यक नदीजन्य पदार्थ निकाल्ने निर्णय गरेको हो ।

स्थलगत निरीक्षण गरी रिपोर्ट पेस गर्नेगरी जिससका शाखा अधिकृत भीमलाल महर्जनको नेतृत्वमा जिप्रकाका अधिकृत प्रतिनिधि, डिभिजन वन कार्यालयका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका प्राविधिक प्रतिनिधि र जिससका प्राविधिक प्रतिनिधिसहितको पाँच सदस्यसमिति समेत गठन गरिएको छ ।

वि.सं.२०७७ पुस १ बुधवार ०९:३३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...