back
NMB ad

सडक विस्तारका नाउँमा पुरियो सिमसार क्षेत्र

Kumari bank ad

पाल्पा । पाल्पाकै गौरवको रुपमा रहेको ऐतिहासिक प्रभास पोखरी पुरिने सम्भावना बढेको छ । स्थानीय सरकारकै लापरबाहीको कारण सिमसार क्षेत्र पुरिँदै गएको हो ।

नगर सरकारले सडक चौडा गर्ने क्रममा प्रभास बाँंसटारी खण्डमा निस्किएको सयौँ टिप्पर माटो पोखरीमा फाल्दा पोखरी पुरिँदै गएको हो ।‘पोखरी पुर्ने नियतले नै पोखरीको किनारामा माटो फालिएको देखिन्छ ।’ स्थानीय बासिन्दा रुद्र बहादुर पाटाले बताउनुभयो ।

सयौँ टिप्पर माटो पोखरीको किनारामा जथाभाबी फ्याक्दासम्म जनप्रतिनिधि मौन हुनु अत्यन्त लज्जास्पद भएको उहाँले बताउनुभयो ।‘भू–माफिया’ले सिमसार क्षेत्र मासेर आवासीय क्षेत्र बनाउने उद्देश्यले ठेकेदारले पोखरी पुर्ने गरी काम गरेको एक अर्का एक स्थानीयले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताउनुभयो ।

‘यस क्षेत्रकै पानीको मुख्य श्रोतको रुपमा रहेको सिमसार क्षेत्र पुरिर्दै छ, जनप्रतिनिधि सबै किन मौन छन् ?’ उहाँको प्रश्न छ ।अतिक्रमणको चपेटामा परेर साघुरिदै गएको प्रभास तालको स्वामित्व स्थानीय सरकारमा रहेको छ ।

सिमसार क्षेत्रको रुपमा विकास गर्नुको सट्टा सरकारको स्वामित्वमा रहेको तालको स्थानीय सरकारले नै बेहाल बनाएको स्थानीय बासिन्दा दिपक सुवेदीको आरोप छ ।

तानसेन नगरले सडक चौडा गर्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिमार्फत काम गर्ने भनिए पनि जन प्रतिनिधि निकटका तानसेनका कृष्ण प्रसाद पाण्डेले बिना टेन्डर उपभोक्ता समितिको आवरणमा ९८ लाखमा ठेक्का लिएर सडक चौडा गरेका हुन् । उपभोक्ता समितिका अध्यक्ष खिम बहादुर थापाले पोखरीको बेहाल भएको विषयमा अनविज्ञता प्रकट गर्नुभयो ।

‘अन्य क्षेत्रमा वातावरणीय सन्तुलन कायम गर्न , पानीको श्रोत बढाउन एवं पानीको रिचार्ज गर्न डाडाँ डाडाँमा पोखरीहरू निर्माण गरिएका छन् । तर यहाँ भने पोखरी एवं ताल ध्वस्त बनाउनु अत्यन्त लज्जास्पद भएको स्थानीय सुमन थापाले बताउनुभयो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले समेत यस विषयमा आफु अनविज्ञ रहेको प्रतिक्रिया दिनुभयो । नगर प्रमुख अशोक कुमार शाहीले यस विषयमा आफूलाई जानकारी आउन साथ तत्काल काम रोकेको बताउनुभयो ।

यसैबीच, सडक चौडा गर्न उपभोक्ता समिति मार्फत जिम्मेवारी पाएको ठेकेदारले सडक चौडा गर्ने क्रममा ढालिएका सल्लाका रुखहरू समेत गैर कानुनी रुपमा बिक्री गरेको आरोप छ । ठेकेदारले ठेक्का लिएको रकम भन्दा बढिको ढुङ्गा माटो बिक्री गरी सकेको र जन प्रतिनिधिको आडमा ढुङ्गा माटोको दोहन भइरहेको स्थानीयहरू बताउँछन् ।

वि.सं.२०७७ पुस २ बिहीवार ०९:०१ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...