back
NMB ad

अमेरिकाले नेपाली उत्पादकहरूको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने

Kumari bank ad

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई दिएको व्यापार सहुलियत उपयोगका लागि प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।

नेपाल–अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता (टीफा) अन्तर्गतको व्यापार र लगानीसम्बन्धी काउन्सिलको बैठकमा यस्तो सहमति भएको हो ।

नेपाली उत्पादकहरूको क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग उपलब्ध गराउन अमेरिका सहमत भएको हो । सन् २०२५ सम्म नेपाललाई दिइएको व्यापार सहुलियत उपयोगका लागि उत्पादकको दक्षता बढाउन अमेरिकाले आग्रह पनि गरेको छ ।

अमेरिकाले नेपालका ७७ ओटा उत्पादनमा दिएको कोटारहित शून्य भन्सार सहुलियत उपयोगका लागि उत्पादन क्षमता बढाउन आग्रह गरेको हो । दुवै देश एकअर्काका उत्पादनको बजार पहुँचमा आपसी चासोको विषयमा सहकार्यलाई निरन्तरता दिन पनि सहमत भएका छन् ।

अमेरिकाले बौद्धिक सम्पत्ति संरक्षण र कार्यान्वयनमा भएको सुधार प्रयासमा सहकार्यको प्रतिबद्धता व्यक्त गरेको छ । नीति र कानूनी सुधारमार्पmत नवप्रवर्तन र लगानी प्रोत्साहनमा आप्mनो संलग्नता बढाउने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी सहायक प्रतिनिधि क्रिस्टोफर विल्सनले भर्चुअल बैठकको नेतृत्व गरेका थिए ।

सचिव अर्यालले अमेरिकी अधिकारीहरूलाई नेपालले लगानीको वातावरण सुधार्न नीति, प्रक्रिया र संस्थागत सुधार गरेको जानकारी दिँदै लगानी विस्तारको आग्रह गरे । अमेरिकी अधिकारीहरूले आफ्नो देशका सम्भावित लगानीकर्तासँग सम्बन्ध बढाउन सकिने बताएका छन् ।

दुवै देशका व्यापार, वित्त, श्रमलगायत निकायका अधिकारीहरू सहभागी बैठकमा भन्सार र व्यापार सुविधा, बौद्धिक सम्पत्ति, डिजिटल व्यापार र इकमर्शका विषयमा छलफल भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार ०७:४९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...