काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश स्वीकृत गरेको छ । यसअघि संस्थाले १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो ।
बैंकले १५ प्रतिशत अर्थात ३ करोड ४८ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत अर्थात १८ लाख ३३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । संस्थालाई वार्षिक साधारणसभामा पेश गर्न बाटो खुलेको छ ।
वि.सं.२०७७ पुस ३ शुक्रवार ११:५५ मा प्रकाशित