back
NMB ad

सिक्टाबाट पहिलोपटक हिउँदे सिँचाइ

Kumari bank ad

नेपालगञ्ज । सिक्टा सिँचाइ आयोजनाले पहिलोपटक हिउँदयाममा नहर सञ्चालन गरेपछि गहुँ, तोरी लगायतका खेती गर्ने बाँकेका किसान उत्साहित भएका छन ।

 

आयोजनाले पश्चिमी मूल नहरमा पाँच क्युसेक पानी चलाएपछि बाँकेको डुडुवा, कोहलपुर, नेपालगञ्ज, खजुरा र बैजनाथ क्षेत्रका किसानले करिब २० हजार हेक्टरको गहुँ र तोरी खेतीमा सिँचाइ भएको कृषि ज्ञान केन्द्र, नेपालगञ्जले जनाएको छ ।

विगतमा सिँचाइ अभावले ती क्षेत्रमा निकै कम जग्गामा मात्रै खेती हुने गरेको तर यस वर्ष हिउँदमा पानी उपलब्ध भएपछि धेरै क्षेत्रफलमा खेती भएको र उत्पादन पनि बढ्ने केन्द्र प्रमुख सागर ढकालले बताए ।

सिक्टाकै कारण यस वर्ष बाँकेमा धान उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको जानकारी दिँदै उनले हिउँदे खेती गर्ने किसानको सङ्ख्या पनि २५ प्रतिशत बढेको बताए ।

 

विगतमा धान उठाएपछि बाँझै रहने खेतमा यस वर्ष सिँचाइ सुविधा उपलब्ध भएपछि गहुँ र तोरी खेती गरेको राँझाका किसान नरेन्द्र बर्माको भनाई छ । बैजनाथ गाउँपालिका वडा नं ४ का किसान जीवन थारूले सिँचाइ सुविधा भएपछि धान उत्पादन राम्रो भएको बताउँदै अब गहुँ र तोरी खेती पनि राम्रो हुने आशा व्यक्त गरे ।

सिक्टाको मूल नहरको निर्माणकार्य सम्पन्न भएपछि किसानले नहरबाट पम्पसेटबाट पानी तानेर खेतबारीमा सिँचाइ गरिरहेकाले सबै खेती राम्रो हुँदै गएको सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाले बताए ।

उनका अनुसार मूल नहरबाट किसानको खेतसम्म पानी पु¥याउन सातवटा शाखा र ५० वटा उपशाखा गरेर करिब सय किलोमिटर नहर निर्माण भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस ५ आइतवार ०८:२३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...