back
NMB ad

४० करोडको लगानीमा वाटर पार्क

Kumari bank ad

विराटनगर । पूर्वको प्रसिद्ध वनभोज स्थल सुनसरीका इटहरी–२, तालतलैया क्षेत्रमा ४० करोड रुपियाँको लगानीमा पूर्वकै पहिलो वाटर पार्क निर्माण गरिएको छ ।

चार जनाको समूहिक लगानीमा छ बिघा क्षेत्रफलमा यीपी ल्यान्ड एन्ड वाटर पार्क निर्माण गरिएको हो । पार्कको औपचारिक शुभारम्भ आगामी फागुन महिनामा गरिने भएको छ ।

नेपाल प्रहरी पूर्वएआईजी कृष्ण बस्नेत तथा पूर्वडीआईजी ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौँको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पर्यटकीय क्षेत्र तालतलैयामा पार्क निर्माण गरिएको हो ।

पार्कका सञ्चालक विनोद पौडेलले कोभिड–१९ को जोखिम र बन्दाबन्दीका कारण गत चैतमा नै निर्माण सकेर वैशाखदेखि सञ्चालनमा ल्याउने तयारीमा रहेको पार्कमा आवश्यक थप संरचना तयार गरेर आगामी फागुनदेखि सञ्चालनमा ल्याउने बताउनुभयो ।

पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठवटा राखिएका छन् । गोरखापत्र दैनिकबाट

वि.सं.२०७७ पुस ६ सोमवार ०८:२१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...