back
NMB ad

सवारी चालक कारबाहीबाट तीन लाख राजस्व संकलन

Kumari bank ad

ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

एकै महिनामा यति धेरै राजस्व सङ्कलन भएको यो पहिलोपटक हो । पछिल्लो छ महिनामा ४८३ वटा सवारी साधनका चालक कारबाहीमा पर्दा रु तीन लाख आठ हजार ५०० राजस्व जम्मा भएको हो ।

उक्त अवधिमा १२ ट्रक, ५० ट्र्याक्टर, ३०३ मोटरसाइकल र १४ अटोका चालक कारबाहीमा परेका छन् । बिना लाइसेन्स सवारी साधन चलाएको, कागजपत्र नभएको, ट्राफिक नियम पालना नगरेकोलगायतका कारण ती सवारी साधनका चालक कारबाहीमा परेका हुन् ।

अघिल्लो आवमा रु छ लाख ९४ हजार ५०० राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा यो वर्ष बढी राजस्व सङ्कलन हुने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुमान छ ।

यस्तै पछिल्लो छ महिनाको अवधिमा सात वटा दुर्घटना भएका छन् । ट्र्याक्टर तीन, जीप तीन र एउटा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई पुरुषको ज्यान गएको सात जना घाइते भएको बताइएको छ ।

वि.सं.२०७७ पुस ६ सोमवार १०:५२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...