back
NMB ad

मेलम्ची खानेपानी आयोजना दोस्रो चरणः आवश्यक संरचना बनाइँदै

Kumari bank ad

सञ्चिता घिमिरे, काठमाडौं । मेलम्ची खानेपानी आयोजना दोस्रो चरणको निर्माणका लागि आवश्यक पर्ने संरचना निर्माण अघि बढेको छ ।

आयोजना निर्माणस्थलसम्म सडक निर्माण शुरु भइसकेको छ भने चालु आर्थिक वर्षमा नै पानी प्रशोधन केन्द्र निर्माण अघि बढाइने भएको छ । आयोजनाका लागि मुख्य संरचना बनाउन सडक निर्माण गर्न आवश्यक रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

उहाँका अनुसार मेलम्चीको पुलबजारदेखि निर्माणस्थलसम्म २५ किमी सडक निर्माण अघि बढाइएको छ । मेलम्ची पुल बजारदेखि पारिबाट १५ किमी डिभिजन सडक कार्यालय दोलखाबाट निर्माण अघि बढाइएको छ भने त्यसका लागि आवश्यक बजेट मेलम्ची खानेपानी विकास समितिबाट उपलब्ध गराइएको छ ।

त्यस्तै, १० किमी सडक निर्माणको ठेक्का समिति आफैँले गरेको छ । उहाँले भन्नुभयो, “दुवैतर्फ निर्माण व्यवसायी परिचालन गरिसकिएको छ ।”

सो सडकमा तीन पुल निर्माण गर्नुपर्नेमा जगको काम भइरहेको प्रवक्ता पन्तले बताउनुभयो । शुरुमा पुल बजारदेखि रातोमाटेसम्म पाँच किमी र रातेमाटेबाट धापसम्म १० किमी सडक निर्माण डिभिजनले अघि बढाइरहेको छ ।

धापदेखि ठूलो भोटाङसम्मको सडक निर्माण समितिले गरिरहेको हो । याङ्ग्री नदीको ‘हेडबक्स’ बनाउने ठाउँमा नै याङ्ग्री र इन्द्रावती नदीको दोभान रहेको छ । सो ठाउँसम्म सडक निर्माण भइरहेको छ । उहाँले भन्नुभयो, “सडक बनेपछि त्यहाँका तीन पालिकालाई आवतजावत सजिलो हुनेछ ।”

पच्चीस किमी सडक निर्माण चालु आवभित्रै सकाउने लक्ष्य राखेपनि मुआब्जालगायतको विवादका कारण समस्या आइरहेको प्रवक्ता पन्तले बताउनुभयो । निर्माण व्यवसायी निर्माणस्थलमा परिचालन भएपनि मुआब्जा र क्षतिपूर्ति विवादका कारण काम गर्न नसकेको उहाँले जानकारी दिनुभयो । सो सडक निर्माणका लागि मुआब्जाबापत स्थानीयवासीलाई रु १५ करोड वितरण गर्नुपर्ने छ ।

त्योमध्ये रु छ करोड ५० लाख मात्रै वितरण भएको छ । उहाँले भन्नुभयो, “आधाभन्दा धेरैले अहिले पनि मुआब्जा लिन आउनुभएको छैन, यसले निर्माणमा समेत असर गरेको छ ।”

मेलम्चीको दोस्रो चरणको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न पहिले वातावरण प्रभाव मूल्याङ्कन (इआइए) गर्नुपर्ने आयोजनाले जनाएको छ ।

त्यसका लागि सम्बन्धित गाउँपालिकाको सहमति आवश्यक पर्छ । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका गरी तीन तहले त्यसमा सहमति दिइनसकेको प्रवक्ता पन्तले बताउनुभयो ।

तीनै पालिकाले आयोजना शुरु गर्दा विभिन्न माग गरिरहेका छन् । सडकलगायतका संरचना निर्माणका लागि स्थानीयवासीले गरेको माग उनीहरुसँगकै समन्वयमा अघि बढाइने उहाँले बताउनुभयो ।

प्रतिवेदन तयार भइसकेकाले सम्बन्धित पालिकाले सहमति दिएपछि नै वातावरण मन्त्रालयलाई सहमतिपत्र बुझाइनेछ । उहाँले भन्नुभयो, “ती कुरालाई सम्बोधन गर्नका लागि नै पूर्वाधार निर्माणका लागिसमेत बजेट छुट्टाइएको छ ।”

मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालु आवमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने थप १७र१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाका प्रवक्ता पन्तले बताउनुभयो ।

एशियाली विकास बैंक (एडिबी) को आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको उहाँले जानकारी दिनुभयो । एडिबीले सो पुनरावलोकन गर्ने काम अघि बढाइरहेको छ ।

सरकारले चालु आवमा रु ३५ करोड छुट्याएकाले यस वर्ष ठेक्कामा जान सकिने उहाँको भनाइ छ । यो आवमा ठेक्कामा जान सकेमा अर्को वर्ष निर्माणको काम हुनेछ ।

सरकारले पहिलो चरणमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा झार्ने तयारी गरिरहँदा दोस्रो चरणको आयोजना निर्माणका लागिसमेत तयारी अघि बढाइएको छ ।

मेलम्चीको पानी परीक्षणका लागि गत असारमा सुरुङमा पानी पठाइए पनि दुर्घटनाका कारण सुरुङको पुनः मर्मत गरेर मात्रै परीक्षण गरिने भएको छ । आयोजनाअन्तर्गत नै ‘हेडबक्स’ निर्माण भइरहेकामा त्यो समेत समयमा सम्पन्न गर्न नसकिने भएको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण काममा बाधा पुगेकाले पुसमा सकिनुपर्ने भए पनि ‘हेडबक्स’ चैतसम्ममा सम्पन्न हुने देखिएको छ ।

वि.सं.२०७७ पुस ९ बिहीवार ०८:५४ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...