back
NMB ad

लघुवित्तलाई गैरबैंकिङबाट स्रोत खोज्न बाटो खुला

Kumari bank ad

काठमाडौं । कर्जा लगानी गर्न वैकल्पिक स्रोतको माग गरिरहेका लघुवित्त वित्तिय संस्थाहरूलाई अर्थ मन्त्रालयले गैरबैंकिङ क्षेत्रबाट स्रोत खोजी गर्न बाटो खुलाइ दिएको छ ।

अर्थ मन्त्रालयले लघुवित्तहरूका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषजस्ता गैरबैंकिङ क्षेत्रबाट पनि स्रोतको जोहो गर्न पाउने गरी बाटो खुला गरेको हो । अहिलेसम्म वाणिज्य बैंक मात्र कर्जाको स्रोत रहेको छ । यो व्यवस्था भएपछि लघुवित्त कोषका लागि वैकल्पिक व्यवस्था हुने लघुवित्त बैंकर्सहरू बताउँछन् ।

अर्थ मन्त्रालयले लघुवित्त क्षेत्रमा लगानीका लागि न्यून लागतको स्रोत व्यवस्थापन गर्न नीतिगत व्यवस्था मिलाउन उक्त कोषहरूलाई गत मङ्सिर २६ गते पत्र पठाएको बताएको छ । नेपाल सरकार ९मन्त्रीस्तर० को गत मङ्सिर २५ गतेको निर्णयले कोषको लगानी नीतिबमोजिम सञ्चालक समितिसमेतको समन्वयमा लघुवित्त क्षेत्रमा समेत लगानी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको अर्थ मन्त्रालय उच्च स्रोतले बताएको छ ।

पत्र प्राप्त गरेपछि कोषले यसबारे गृहकार्य गरिरहेको जानकारी दिएको छ । कोषले आन्तरिक रूपमा लगानी नीति बनाएर बोर्डबाट पास गर्ने प्रक्रियामा छ । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल कोषको लगानी नीतिमा समावेश गरेर अघि बढ्ने बताउँछन् । ‘अहिलेसम्म वाणिज्य बैंकमा संस्थागत निक्षेपमा मात्र राखेको अवस्था छ ।

अब हामी लघुवित्तका लागि के कसरी दिन सकिन्छ भनेर कर्जा कार्यविधि बनाउँदै छौं,’ उनले अभियानसँग भने । कोषले बचतकर्ताबाट संकलित अधिकांश रकमलाई वाणिज्य बैंकहरूमा निक्षेपका रूपमा राखिरहेको छ । कर्मचारी सञ्चय कोषले भने पत्र हात परे पनि छलफलमा रहेको बताएको छ । तर, सञ्चय कोषले करोडौं लगानी गरिरहेकाले साना लघुवित्तहरूमा लगानी गर्न सम्भव नहुने तर्क गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १२ आइतवार ०८:२८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...