काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीहरुको शेयर मूल्य समायोजन भएको छ।
नेप्सेमा आशा लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य समायोजन भएको हो। नेप्सेले आशा लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने सिनर्जी पावरको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
समायोजन पश्चात आशा लघुवित्तको शेयरमूल्य ८७० रुपैयाँ कायम भएको छ। त्यसैगरी, सिनर्जीको शेयरमूल्य २०७ रुपैयाँ कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा यी दुबै कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो।
वि.सं.२०७७ पुस १२ आइतवार ०८:५३ मा प्रकाशित