back
NMB ad

पशु बधशालाको अभावमा अस्वस्थकर मासु खान बाध्य विराटनगरवासी

Kumari bank ad

विराटनगर । विराटनगर महानगरपालिकामा माछामासुको खपत अत्याधिक छ । खशी, बोका, बाख्रा, राँगा र बंगुरको मात्रै दैनिक दैनिक १० देखि १२ हजार केजी मासु खपत हुने गरेको व्यवसायीहरु बताउँछन् ।

तर, व्यवस्थित पशु बधशालाको अभावमा विराटनगरका उपभोक्ताले स्वस्थकर मासु खान पाउँदैनन् । एकातिर पशु वधशालाको अभावमा महानगरवासी अस्वस्थ्यकर मासु खान बाध्य छन् भने अर्कोतिर पशु बधशाला निर्माण शुरु भएपनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

विराटनगर–८ स्थित एक बिघा आठ कट्ठा जग्गामा विसं २०६६ बाट निर्माण शुरु गरिएको बधशाला अहिले जीर्ण अवस्थामा पुगेको छ । विराटनगर महानगरपालिकाले बधशाला निर्माणका लागि अहिलेसम्म रू. एक करोड १९ लाख खर्च गरिसकेको महानगरपालिकाका भेटेरिनरी शाखाप्रमुख हीरालाल कामतले बताए ।

निर्माणाधीन बधशालाका लागि विस्तृत निर्माण परियोजना लगायतका संरचना निर्माणका लागि रू. २१ करोड २५ लाख ८० हजार बजेट लाग्ने संशोधनसहितको डीपीआर स्वीकृतिका लागि पशु सेवा विभागमा पठाइएको उनले जानकारी दिए ।

हेफर इन्टरनेशनलले तयार पारेको सो डीपीआर संशोधनका लागि पशु सेवा विभागमा पठाइएको र त्यहाँबाट आएपछि निर्माणले कार्यले गति लिने उनको भनाइ छ ।

विराटनगरमा सुविधासम्पन्न पशु बधशाला निर्माणका लागि प्रदेश सरकारले गत दुई आर्थिक वर्षमा करीब रू. आठ करोड बजेट विनियोजन गरेको थियो । आव २०७५/७६ मा करीब रू. तीन करोड विनियोजन गरिएकामा खर्च नभएर फिर्ता भयो भने दोस्रोपटक २०७६-७७ मा रू. पाँच करोड विनियोजन गरेको थियो ।

प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गएको वर्षमा विनियोजन गरेको बजेट फ्रिज भएपछि चालू आवमा बजेट विनियोजनको व्यवस्था नभएको जानकारी दिए ।

विराटनगरमा व्यवस्थित पशु बधशाला नहुँदा जथाभावीरुपमा पशु बध गरिने गरेको छ । विराटनगरको मुख्य सडक, सार्वजनिकस्थल, धार्मिक क्षेत्र, नदी, सडकको किनारा तथा नालामाथि जथाभावी बध गरी मासु विक्री गर्नाले सर्वसाधारण जनताको स्वास्थ्यमाथि गम्भीर असर परिरहेको छ ।

पशुको स्वास्थ्य परीक्षण बिना जथाभावी जहाँ मन लाग्यो त्यहाँ मासु काट्ने तथा फोहोर जथाभावी फाल्ने प्रवृत्ति बढ्दो छ । लापरबाही र गैरजिम्मेवारीपूर्वक माछामासु विक्री भइरहँदा समेत महानगरपालिका चुपचाप बसेको भन्दै अधिकारकर्मीहरुले आवाज उठाएका छन् ।

ठूलो क्षेत्र भएको र सबै क्षेत्रका मानिसहरु एकै ठाउँमा मासु खरीद गर्न पनि गाह्रो हुने भएकाले बधशाला नगरवासीको सहुलियत एवम् सुविधाको दृष्टिकोणले तीन वा चार ठाउँमा निर्माण गर्नुपर्ने आवश्यकता देखिएको अधिकारकर्मीको भनाइ छ ।

बधशालाको अभावमा नगरको विभिन्न स्थानमा अहिले मासु पसल राखेको पाइन्छ । ती पसलहरु निश्चित मापदण्ड पनि पूरा गर्न सकिरहेका छैनन् । जसले गर्दा मानिसहरु अस्वस्थकर मासु खान बाध्य हुन्छ ।

ती मासु पसलेहरुले काटेर राखेका खसी बोकामा झिँगा लागि रहने, बाहिरबाट आउने धुलो पनि लाग्ने समस्यालाई उचित बधशालाले नै निराकरण गर्न सकिने उपभोक्ताको भनाइ छ ।

विराटनगरको सीमावर्ती बजार रानीदेखि शिरानतर्फ वा विराटनगर महानगरपालिकाको उत्तरी सीमा पहडगछसम्ममा १००औँको संख्यामा त्यस्ता मासु पसलहरु छन् । ती सबै मासु पसलेहरुले आफ्ना इच्छाअनुसार खसीबोका काट्ने र विक्री गर्ने गरेको तथा यसबाट निस्कने फोहर पदार्थहरुको उचित व्यस्थापन गर्न नसक्दा दुर्गन्ध हुने समस्या देखिएको छ ।

होटेल व्यवसायी भविष श्रेष्ठले प्रदेशको राजधानी रहेको विराटनगरमा अविलम्ब व्यवस्थित बधशाला निर्माण कार्यलाई द्रुत गतिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा पशु बधशाला निर्माणको कुरा समावेश गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

महानगरले चालू आव २०७७/७८ को नीति तथा कार्यक्रममा भने खुल्लारुपमा पशुहरुको बध गर्ने कार्यलाई नियन्त्रण गरी व्यवस्थितरुपमा प्रदेश सरकारसँगको साझेदारीमा आधुनिक तथा सुविधासम्पन्न पशु बधशालाको निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ ।

वि.सं.२०७७ पुस १४ मंगलवार १५:४१ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...