back
NMB ad

नेपाल इन्फ्रास्ट्रचर बैंकलाई इक्रा नेपालद्वारा रेटिङ्ग प्रदान

Kumari bank ad

काठमाडौं । इक्रा नेपाल लिमिटेडले नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेडलाई इक्राएनपी बीबीबी रेटिङ्ग प्रदान गरेको छ ।

उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्वपूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिने इक्रा नेपालले बताएको छ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको कम्पनीले बताएको छ । उक्त कम्पनीले गत पुस १० गतेमात्र सर्वसाधारणलाई आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले रू.८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको हो । हाल उक्त कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. २० अर्ब पुग्नेछ ।

कम्पनीको अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको छ । कम्पनीले हालसम्मकै ठूलो कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ । उक्त कम्पनीको आईपीओ प्रत्याभूतिकर्ताको जिम्वेवारी भने नागरिक लगानीकोषले पाएको छ ।

वि.सं.२०७७ पुस १६ बिहीवार ११:२४ मा प्रकाशित

You can share this post!

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...