back
NMB ad

७५ खानेपानी योजना निर्माण चरणमा

Kumari bank ad

लमजुङ । विकासको निर्माणले गति लिँदै गरेका पहाडी जिल्ला लमजुङमा ७५ वटा खानेपानी योजना निर्माणधीन अवस्थामा रहेका छन् ।

खानेपानी तथा सरसरफाइ डिभिजन कार्यालय गोरखा, इकाई कार्यालय लमजुङमार्फत यस चालू आर्थिक वर्षमा ती सङ्ख्यामा खोनपानीका योजना निर्माणधीन रहेका हुन् । ती योजनाका लागि सङ्घ र प्रदेश सरकारबाट रु १६ करोड आएको कार्यालय प्रमुख इन्जिनीयर शम्भुराज खनालले जानकारी दिए ।

उनका अनुसार सङ्घ सरकारबाट ५० वटा योजनाका लागि रु ११ करोड ६० लाख , प्रदेश सरकारको सशर्त अनुदानमा २५ वटा योजनाका लागि रु चार करोड ४६ लाख बजेट विनियोजन भएको छ ।

यी दुबै सरकारबाट प्राप्त योजना सम्झौता भएर निर्माणधीन चरणमा रहेको कार्यालयले जनाएको छ । कार्यालयले यसै आर्थिक वर्षभित्र ठूला दुई वटा योजना सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

रु ५६ लाख बजेटमा निर्माणाधीन अवस्थामा रहेको भारते खानेपानी आयोजना र रु ३३ लाख बजेटमा निर्माणाधीन अवस्थामा रहेको बाङ्ग्रे लिफ्ट खानेपानी आयोजना गरी दुई ठूला योजना सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

त्यस्तै सङ्घ सरकारबाट बजेट थप भई आएमा यस वर्ष सङ्घ सरकारको २५ वटा योजना र प्रदेश सरकारबाट बजेट थप भईआएमा यसवर्ष प्रदेश सरकारको १२ वटा योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२/७३ देखिको केही आयोजना बजेट अभावका कारण क्रमागतमा रहेको कार्यालयले जनाएको छ ।

आगामी चैत महिनासम्म बजेट थप भई आएमा लक्ष्य पूरा गर्न सकिने प्रमुख खनालले बताए । खाइपाइ आएका पुराना योजनालाई मर्मत, स्तरोन्नति र क्षमता अभिवृद्धि गर्दै उपभोक्तालाई शुद्ध खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको छ ।

सरकारको लक्ष्य अनुरुप प्रत्येक घरमा एक घर एक धारा निर्माण गर्ने लक्ष्यका साथ ती योजना निर्माण भइरहेका छन् । केही स्थानमा खानेपानीको मुहान तथा स्रोत नभएका ठाउँमा भने लिफ्टिङमार्फत उपभोक्तालाई पानि खुवाउने लक्ष्य रहेको छ ।

जिल्लामा खानेपानीको समस्या विस्तारै हट्न थालेका छन् । यी योजना बेलैमा सम्पन्न भएमा भने अधिकांश जिल्लाका स्थानीयवासीका घरघरमा खानेपानीको धारा तथा पानी पुग्नेछ ।

वि.सं.२०७७ पुस १६ बिहीवार १२:२३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...