back
NMB ad

राजमार्गमा ट्राफिक सङ्केत हराउँदा समस्या

Kumari bank ad

डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजमार्गमा ट्राफिक सङ्केत अर्थात् चिह्न नहुँदा सवारी चालकलाई समस्या हुने गरेको पाइएको छ ।

कतिपय ठाउँमा राखिएका ट्राफिक सङ्केत हराउने तथा फालिएका कारण सवारी चलाउँदा दुर्घटनाको जोखिम पनि बढेको चालक बताउँछन् । बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला तथा डोटीका राजमार्गमा राखिएका ट्राफिक चिह्न वर्षेनी हराउँदै जान थालेका छन् ।

कैलालीको अत्तरियादेखि डडेल्धुराको स्याउले जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग, स्याउले–दिपायल जोड्ने डाक्टर केआइसिंह राजमार्ग, बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तथा दिपायल–साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गमा राखिएका कतिपय ट्राफिक चिह्न जीर्ण बन्दै गएका भए पनि मर्मत तथा सुधारका लागि पहल हुनसकेको छैन ।

यहाँका पहाडी राजमार्ग निकै साँघुरा भएका तथा त्यसैमा पनि कतिपय ठाउँमा ट्राफिक सङ्केत नभएका कारण चालकलाई सवारी साधन सञ्चालन गर्नमा कठिनाइ हुनुका साथै दुर्घटना बढ्ने सम्भावना रहेको सुदूरपश्चिम बस व्यवसायी समितिका बसचालक मदन भट्टले बताए ।

उनले भने, “राजमार्गमा राखिएका ट्राफिक सङ्केत कोही पुराना भइसके कतिपय हराइसके नयाँ चालकलाई गाडी चलाउन निकै समस्या हुने गरेको छ, दुर्घटना पनि बढेको अवस्था छ ।”

ट्राफिक सङ्केत नहुँदा सबैभन्दा बढी लामो दूरी तथा रातिको समयमा गाडी चालकलाई बढी समस्या हुने गरेको उनको भनाइ छ । पहाडी जिल्लाका राजमार्गमा ट्राफिक सङ्केत हराउँदा तथा चोरी हुँदासमेत त्यसको रोकथाम र मर्मतका लागि खासै पहल हुन नसकेको गैरा बजारका स्थानीयवासी मोहनबहादुर मल्लले आरोप लगाए । उनले भने, “महिनैपिच्छे ट्राफिक सङ्केत चोरी हुन्छन्, सम्बन्धित निकायले न चोर पक्रिन सकेको छ, न नयाँ निर्माण गरेको छ, सबैको लापरवाही उत्तिकै रहेको छ ।”

राजमार्गका ट्राफिक चिह्न वर्षेनी हराउँदै गएका कारण यहाँका राजमार्गमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेको कतिपय नागरिकको बुझाइ छ ।

ट्राफिक चिह्नले अगाडि आउने बाटोको अवस्था तथा राति गाडी चलाउँदा लाइटबारे जानकारी दिने भएका कारण गाडी सञ्चालनमा सहजता हुने भए पनि ती चिह्न नै नहुँदा समस्या हुने गरेको शैलेस्वरी यातायात व्यवसायी समिति दिपायलका हाइसचालक बमबहादुर बोहराले बताए ।

पहाडी राजमार्गमा भएका ट्राफिक सङ्केतलगायत अन्य चिजको सुरक्षा तथा दुर्घटनाबारे तत्काल जानकारी दिनका लागि सडक कार्यालयले ठाउँठाउँमा आफ्ना कर्मचारी राखेको भए पनि ट्राफिक सङ्केत कसले लैजान्छ भन्नेबारे उनीहरुलाई जानकारी नहुने गरेका कारण चोर पक्राउ गर्न समस्या हुने गरेको सडक डिभिजन कार्यालय दिपायलका कर्मचारी डम्बरबहादुर विष्टले बताए ।

उनले भने, “राजमार्गमा काम गर्ने, अनुगमन गर्ने कर्मचारी राखिएको तर कर्मचारी नभएको समयमा ट्राफिक सङ्केत चोरिने भएको हँदा समस्या उत्पन्न भएको हो ।” ट्राफिक चिह्न मर्मत तथा जीर्णाेद्वारका लागि छुट्टै बजेटको व्यवस्था नगरिएकाले अहिले समस्या आएको भए पनि जीर्ण ट्राफिक चिह्नलाई तत्कालै मर्मत गरिने डिभिजन सडक कार्यालय दिपायल कुल्पातेले जनाएको छ ।

वि.सं.२०७७ पुस १७ शुक्रवार ११:१९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...