back
NMB ad

दुई दिन बन्द !

Kumari bank ad

कञ्चनपुर । महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आजबाट दुई दिन बन्द गरिएको छ । पुल मर्मतका लागि दोधारा चाँदनी नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो ।

शुक्रवार र शनिबार गरी दुई दिनको लागि दैनिक बिहान ११ः३० बजेदेखि अपराह्न ३ः०० बजेसम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुलको मर्मत गर्नु परेको हुँदा आवतजावत नगरी झोलुङ्गे पुलको मर्मत कार्यमा आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।

गत वर्ष मात्रै जीर्ण पुलको सुदूरपश्चिम सरकारले रु.६० लाख खर्चेर ठेक्का प्रक्रिया मार्फत मर्मत गरेको थियो । पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः मर्मत गर्नु पर्ने अवस्थामा पुगेको छ ।

दोधारा चाँदनी नगरपालिकालाई जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाइ एक हजार ४ सय ५२ मिटर छ । नेपालमा रहेका सबै प्रकारका पुल मध्ये यो पुल नै सबैभन्दा लामो पुल हो । वि.सं २०६१ सालमा रु।९ करोड ४२ लाख ४१ हजारमा पुल निर्माण गरिएको थियो ।

सो पुल एसियामै लामो झोलुङ्गे पुलका रुपमा परिचित छ । पुलमा ३२।७ मिटरका ७ वटा अग्ला खम्बा ठड्याइएको छ ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १३:४८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...