back
NMB ad

१५ दिनपछि बागमतीमा फोहोर पानी बग्दैन

Kumari bank ad

काठमाडौँ । बागमतीमा दुर्गन्ध फैलने पानी धेरै बग्यो । तर खानेपानी मन्त्रालयले बागमतीमा सफा पानी बगाउने तयारी गरेको छ । ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने खानेपानी मन्त्री मणी थापाले बताए ।

त्यसका लागि गुह्हेश्वरीमा रहेको ‘गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याउन तयार भएको छ । इञ्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सकिएको बताए ।

शुक्रबार मन्त्री थापाले गुहेश्वरीस्थित गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको अवलोकन गरेर पूर्ण रुपमा सञ्चालनका लागि तयार हुन निर्देशन दिएका छन् ।

उनले बाँकी कामहरु सकेर तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् । ढल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सकिन्छ ।

त्यस्तो फोहोर पानी प्रशोधन हुँदा दैनिक ७ टनसम्म मल निस्कने इञ्जिनियर किशोर पन्थीले जानकारी दिए । ढल प्रशोधनका क्रममा निस्कने ग्याँसबाट विजुली समेत निस्कनेछ ।

कस्तो हुन्छ पानी

प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बागमतीको पानीमा सजिलै माछा लगायत जलप्राणी बाँच्न सक्नेछन् । ढलमा मिसिने ठोस र रसायनीक पदार्थहरु प्रशोधन भएको हुन्छ र त्यसको विषात्तपनलाई निर्मलीकरण गरिएको हुन्छ ।

‘यस्तो पानी बागमतीमा सलल बग्नेछ, खानेपानी सचिव माधव वेलवासेले भने, अहिले नै मान्छेले खानयोग्य हुँदैन तर जलप्राणी बस्न योग्य पानी बागमतीमा चाँडै बगाउन संरचना तयार भएको छ ।’

पानी कञ्चन सङ्लो भने देखिदैन । ढलमा अत्याधिक रसायनिक पदार्थहरु मिसिएकाले कञ्चन निलो बनाउन भने नसकिएको प्रशोधन केन्द्रका इञ्जिनियर पन्थीले बताए । उनले थोरै मैलो देखिएपनि पानीमा हुनुपर्ने शुद्धता कायम हुने बताए ।

यो आयोजना सन् २०१६ बाट निर्माण शुरु भएको हो । नेपाल सरकारको ३० प्रतिशत र एशियाली विकास बैंकको ७० प्रतिशत लगानीमा सम्पन्न भएको आयोजना ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाको कुल लागत २ अर्ब ५५ करोड हो ।

वि.सं.२०७७ पुस १८ शनिवार ११:५९ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...