back
NMB ad

बगरमा उखु खेती : प्रतिवर्ष दुई करोड बढीको बिक्री

Kumari bank ad

कञ्चनपुर । नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा कात्तिके (शरदकालीन) उखुखेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी लिँदै आएका छन् ।

बगरमा उखुखेती गर्दै आएका किसानले प्रतिवर्ष रु दुई करोड बढीको उखु बिक्री गर्दै आएका छन् । पछिल्लो समय उनीहरुले ट्रेञ्च प्रविधिको प्रयोग गरी उखु रोप्दै आएका छन् ।

यस प्रविधिबाट गरिएको खेतीमा सिँचाइमा पानीको बचत ६० प्रतिशतसम्म हुने गरेको छ । उखु बाँध्न सजिलो, हावाहुरीबाट कम ढल्ने, रोग किरा कम लाग्ने, उत्पादन बढी हुने र चिनीको मात्रा अधिक हुने भएकाले मिलमा बेच्न लैजाँदा सहजै बिक्री हुने भएकाले किसानले शरदकालीन उखुखेतीलाई बढावा दिन थालेका जनाइएको छ ।

अन्तरबालीका रुपमा तोरी, मसुरो, आलु र लसुनखेती गरी किसानले दोह्रो आम्दानीसमेत लिँदै आएका छन् । सामान्य विधिको भन्दा ट्रेन्च प्रविधिबाट गरिएको उखुखेतीमा ३० देखि ४० प्रतिशतसम्म उत्पादकत्वमा वृद्धि हुने गरेको छ ।

आधुनिक हलोको मद्दतले ट्रेन्च अर्थात् नालीमा उखुलाई रोपिने गर्दछ । यसबाट उखुको बोट र जरा विकसित बढी हुने भएकाले घाम, पानी हावा तथा बाढीलेसमेत असर कम गर्दछ ।

सामान्य विधिमा उखु लगाउँदा उमार शक्ति ३० देखि ३५ प्रतिशत मात्रै हुने गरेकामा ट्रेन्च प्रविधिमा उखुखेती गरिएपछि उखुको उमार शक्ति ८० देखि ९० प्रतिशतसम्म हुने गरेको छ ।

शरदकालीन उखुखेती गर्ने किसानले बढी उत्पादन दिने ०८२७२, सिओ ०२३८, सिओ ०११८,९४१८४ लगायत सात प्रजातिका उखु खेतमा रोपेका छन् ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजना अन्तर्गत किसानले शरदकालीन उखुखेती गरेका हुन् ।

परियोजनाअन्तर्गत विपद् न्यूनीकरण र आर्थिक विकासका लागि मुख्य उपक्षेत्रका रुपमा उखुबाली छनोट गरी सरकारी निकाय, उखु किसान समिति, महाकाली चिनी मिल र एग्रोभेटसँग समन्वय र सहकार्य गरी उखुबालीको विकास र विस्तार गरिरहेको परियोजनाका अधिकृत महेश घिमिरेले बताए ।

नदीका बगरमा गत वर्ष ३८ दशमलव ७८ बिघामा उखुखेती गरिएकामा यस वर्ष उखुखेती हुने बगरको क्षेत्रफल विस्तार गरिएको छ । जसअनुसार किसानले यसवर्ष मात्रै ६८ दशमलव ६५ बिघा जग्गामा उखुखेती गरेका छन् । बगरमा शरदकालीन उखुखेती मात्रै १०७ दशमलव ४३ बिघामा पुगेको छ । जसको उत्पादन ३० हजार क्विन्टल बढी हुने गरेको छ । यस वर्ष उखुको उत्पादन बढेर ३५ हजार क्विन्टल पुगेको छ ।

टे«न्च प्रविधिमा लगाइने उखुखेतीमा बीउमा बचत गर्नका लागि कञ्चनपुकरका किसानले चिप कटर (आँख्ले) विधिको प्रयोगसमेत गर्न थालेका छन् । उखुको आँख्ला मेसिनको सहायताले निकाली उखुका बोट तयार गर्न नर्सरी बनाइने गरिएको छ ।

नर्सरीमा उम्रेका उखुका बिरुवालाई किसानले खेतमा तयार गरेको ट्रेन्चमा निश्चित दूरीमा रोप्ने गर्दछन् । यस विधिबाट उखुको खेती गर्दा थोरै बीउमा धेरै उत्पादन लिन सकिन्छ । “गत वर्ष कात्तिके उखु छ बढी फिट उचाइ भएपछि नदीको बगर संरक्षण भएको छ”, लाझाडीका स्थानीय रामप्यारा चौधरीले भने, “पानीको तीव्र बहावलाई नियन्त्रण गर्न सघाउ पु¥याउनुका साथै जग्गा कटानीको कार्य रोकिएको छ ।” यस वर्ष बगरमा खेती गर्दै आएका किसानले रु तीन करोड बढीको उखु बेच्ने लक्ष्य राखेका छन् ।

चिनी मिलमा हालसम्म बगरमा उत्पादित २० हजार क्विन्टल उखु बिक्री भइसकेको छ । अझै धेरै उखु बिक्री गर्न बाँकी छ । बगरमा उखुखेती गर्ने किसानलाई रासायनिक मल, बीउ ढुवानीमा स्थानीय तहसँगको सहकार्यमा परियोजनाअन्तर्गत अनुदान रकमसमेत उपलब्ध गराइएको छ ।

उखुको उत्पादन बढ्न थालेपछि सञ्चालित भागेश्वर महाकाली चिनी मिलले क्षमतासमेत वृद्धि गरेका छन् । परियोजनाअन्तर्गत गठन भएका सामुदायिक विपद् व्यवस्थापन समितिमार्फत कात्तिके उखुखेती स्याली, सुनवरा, वनहरा, मछेली, दोदा नदीका बगर र त्यसका तटीय क्षेत्रका जग्गामा हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुका अनुसार बगरसहितको जग्गामा गत वर्ष पाँच हजार ४०० हेक्टर क्षेत्रफलमा शरदकालीन उखु लगाइएको थियो । जसको उत्पादन ७५ हजार ६०० मेट्रिकटन रहेको छ । यसको मूल्य तीन करोड ७८ हजार रहेको छ । कञ्चनपुरमा ६०० बढी किसान उखुखेतीमा संलग्न रहेका छन् । कैलालीमा भने २३५ हेक्टर क्षेत्रफलमा उखुखेती हुने गरेको छ । यसको उत्पादन १० हजार ५७५ मेट्रिकटन रहेको छ ।

वि.सं.२०७७ पुस १९ आइतवार १५:०९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...