back
NMB ad

इलाममा व्यवस्थित तरकारी र पशु बजार

Kumari bank ad

इलाम । इलामको प्रशसानिक केन्द्र रहेको इलाम बजारमा व्यवस्थित तरकारी र पुशु बजार स्थापना भएको छ । बजार क्षेत्रको खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ ।

दुई वर्ष अघिसम्म इलामको तरकारी र पशु बजार कहाँ राख्ने टुङ्गो थिएन । जिल्लाको प्रशासनिक केन्द्र बनेको २०० वर्ष पुग्दै गर्दा पनि इलाम सदरमुकाममा तरकारी र पशु बजारको स्थायी संरचना पनि बनेका थिएनन् ।

इलाम नगरपालिकाले बजार क्षेत्रको अस्पताल खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ ।

गनाउने खोल्सीलाई व्यवस्थित गरी तरकारी बजार बनाएपछि अहिले किसान, व्यापारी र उपभोक्तालाई पनि राम्रो भएको तारिबारीका किसान सुप्रिम घिमिरेले बताए । उनले भने,“पहिले फोहरको डङ्गुर थियो हिँड्न पनि सकिदैनथ्यो, अहिले सुन्दर तरकारी बजार र पशु बजार बनेको छ ।”

नगरपालिकाले फोहर फ्याक्ने खोल्सीलाई व्यवस्थित गरी बजार विस्तार गरेपछि उपभोक्ता हर्षित भएको घिमिरेले बताए । इलाम नगरपालिकाले नयाँ बजार बनाउन इलाम अस्पताल छेउको खोल्सीमा बाँध बाँधेर तरकारी र पशु बजार निर्माण गरेको हो ।

निर्माण भएको ठाउँमा पशु र तरकारी बजार सञ्चालनसँगै मासु बजार र सवारी पार्किङ गर्ने स्थान रहेको नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

नगरपालिकाले पटक–पटक गरेर एक करोड ९० लाख २६ हजार ८५३ रुपैयाँ अस्पताल खोल्सी व्यवस्थित गर्न खर्च गरेको छ । एक हजार ९७३ घन मिटर ग्याबिन पर्खाल, १७४ मिटर नाली निर्माण, चार वटा टहरा, ढुङ्गाको सिँढी, रेलिङलगायतका संरचना निर्माण भएका छन् । तरकारी र पशु बजारको संरचना निर्माणपछि इलाम नगरपालिकाले सो क्षेत्रमा साइन्स पार्कसमेत निर्माण गर्दै छ ।

वि.सं.२०७७ पुस २० सोमवार १२:३६ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...