काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि ललितपुरका विभिन्न स्थानमा दिनभर बत्ती काट्ने भएको छ ।
लगनखेल वितरण केन्द्र अन्तर्गत ६६ केभी प्रशारणलाइन मर्मत गर्नुपर्ने भन्दै प्राधिकारणले बत्ती काट्ने भएको हो । प्राधिकरणका अनुसार मंगलबजार फिडरको इमाडोल कृष्ण मन्दिर अगाडिदेखि पवन प्रकृतिसम्म बत्ती काटिनेछ।
त्यस्तै इमाडोल, कृष्ण मन्दिर, बोझेपोखरी, महर्जन चोक, ढुंगेसागु, टीकाथली, सार्कीढीक, मोतीचोक, खरिबोट र ग्याँस प्लान्टलगायतका स्थानहरुमा बत्ती हुने छैन यी स्थानहरुमा मंगलबार बिहान १० बजे देखि दिउसो ४ बजेसम्म बत्ती काटिने प्राधिकरणले जनाएको छ ।
वि.सं.२०७७ पुस २० सोमवार १८:०९ मा प्रकाशित