back
NMB ad

घरबासले ल्यायो महिलाहरुको जीवनमा परिर्वतन

Kumari bank ad

गलकोट । घरधन्दामा मात्रै सीमित हुने यहाँका महिलाहरु घरबासका कारण जीवन नै परिवर्तन हुन थालेको बताउँछन् ।

घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक सङ्कट भोग्दै आएका यहाँका महिलाहरु घरबास सञ्चालनसँगै सक्षम बन्दै गएका छन् । घरबासले आर्थिक मात्रै होइन सामाजिक जीवनमा समेत परिवर्तन ल्याएको घरबासका महिला सञ्चालकहरु बताउँछन् ।

जिल्लामा सञ्चालित २८ सामुदायिक घरबासमा महिलाको सक्रियता बढी छ । सामाजिक कार्यमा सहभागी नभएका महिलाहरु घरबास सञ्चालकसँगै बोल्न सक्ने, तालिममा सहभागी हुने, पर्यटनको विकासमा लाग्न समेत थालेका छन् ।

शुरुमा घरबास सञ्चालनबारे अनभिज्ञ रहेका महिलाहरु आफ्नो दैनिकीसँगै घरबासमा आएको पाहुनाको स्वागत तथा सत्कारमा जुट्ने गरेका छन् ।

घरखर्च चलाउनसमेत श्रीमान् र परिवारका सदस्यको भरमा पर्ने महिलाहरु घरबास सञ्चालनसँगै आर्थिकरूपमा समेत सबल बन्दै गएको र गाउँलाई फरक पहिचानमा चिनाउन सफल भएको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक माया श्रीसले जानकारी दिइन्।

“दुई वर्ष अघिबाट घरबास सञ्चालनमा ल्याए पनि एक वर्ष अघिबाट मात्रै पाहुना आउन थालेका छन्”, श्रीसले भनिन् “शुरुमा निकै अन्योलपूर्ण अवस्था थियो, अहिले हामीमा समेत परिवर्तन ल्याउन थालेको छ, घरबासले आन्तरिक पर्यटक बढाउँदा आयआर्जनका साथै घरबास नजिकै रहेको पर्यटकीय स्थल बेलढुङ्गाको प्रचार प्रसार भएको छ ।” बेलढुङ्गामा आएका पर्यटकहरुले खान बस्नको राम्रो प्रबन्ध खोज्न थालेपछि महिलाहरुको अगुवाइमा घरबास सञ्चालनमा ल्याएको बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीसले बताए ।

जनजातिको बाहुल्य रहेको बागलुङका विभिन्न स्थानमा घरबास फस्टाउँदै गएका छन् । जिल्लाको पहिलो घरबासका रूपमा रहेको पर्यटकीय गाउँ भकुण्डेमा अहिले दुई घरबास छन् ।

यहाँका महिलाहरुले घरायसी कामबाहेक घरबास सञ्चालन गरी राम्रो आम्दानी मात्रै होइन व्यक्तित्व विकाससमेत गर्दै आएको घरबासका सञ्चालक अप्सरा थापाले बताइन् ।

विसं २०६९ मा खुलेको बागलुङको पहिलो घरबास अथिति सत्कार घरबासले बागलुङमा घरबासको अवधारणा ल्याएको थियो । त्यसपछि घरबास सञ्चालन गर्ने अधिकांश महिलाहरुको जीवनमा उल्लेख्य परिवर्तन आउन थालेको सञ्चालकहरुले नै बताउँदै आएका छन् ।

“गाउँमा घरबास सञ्चालनमा आएपछि गाउँघरका दिदीबहिनीहरुको दैनिकी परिवर्तन भएको छ, हाम्रो काम गर्ने शैली, बोलीचाली र लवाइखवाइसमेत सुधारिएको छ”, गलकोट नगरपालिका–२ स्थित तोरीखोला सामुदायिक घरबासका सञ्चालक सीता पुनले भनिन्, “तीन वर्ष अघिदेखि सञ्चालनमा आएको घरबासमा कोरोनापछि पुनः पाहुना आउन थालेका छन्, बिस्तारै व्यावसायिकरूपमा लाग्दैछौँ, धेरै पाहुना आउँदा सबै गाउँका महिला मिलेर स्वागत सत्कार तथा नाचगान गर्ने हुँदा गाउँमा एकताको भावनासमेत जाग्दै आएको छ ।” पुनका अनुसार शुरुमा बोल्नसमेत हिचकिचाउने बागलुङका महिलाहरुमा घरबास चलाउन थालेपछि आमूल परिवर्तन आउन थालेको छ ।

घरबासले समयको व्यवस्थापन, सामाजिक भावनासँगै आर्थिक उपार्जन तथा गाउँको प्रचारप्रसारको माध्यम बन्दै गएको अर्का सञ्चालक रजिकला श्रीसले बताइन् । शुरुमा बोल्नसमेत लजाउने धम्जाका महिलाहरु अहिले नाचगान गर्ने पाहुनालाई मनोरञ्जन दिन थालिसकेका छन् ।

दुई वर्ष अघिदेखि सञ्चालनमा आएको बेलढुङ्गा सामुदायिक घरबास १२ घरमा सञ्चालित छ । एकै रातमा ५० भन्दा बढी पाहुना राख्ने क्षमता घरबाससँग रहेको छ ।

घरबासमा आलुका विभिन्न परिकार, कोदोको सेल, कोदोको ढिँडो, लोकल खसी बोका, लोकल कुखुरा, सिन्की, भट्ट, मकैलगायतका घरबासमा मुख्य परिकार रहेको घरबास व्यवस्थापन समितिका सचिव गोपाल श्रीसले बताए।

घरबास सञ्चालकहरुले पाहुनालाई सालैजो, यानीमाया, ठाडो भाकालगायतका विभिन्न गीत तथा नाचले स्वागतसमेत गर्दै आएका छन् । घरबास नजिकै म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्गा भएको हुँदा यहाँ घुम्न आउने पर्यटकहरु सिधै घरबासमा आउने गरेका छन् ।

वि.सं.२०७७ पुस २१ मंगलवार ०९:२१ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२८

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...