back
NMB ad

प्रवासी नेपालीबाट पत्रकार महासङ्घ बागलुङ शाखालाई प्रोजेक्टर र नगद

Kumari bank ad

बागलुङ । पत्रकार महासङ्घ बागलुङ शाखालाई दुई प्रवासी नेपालीबाट प्रोजेक्टर र नगद सहयोग प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देव पौडेलले प्रोजेक्टर र बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले नगद रु. २० हजार मङ्गलबार शाखा अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरेका हुन्।

शाखाको नवनिर्मित भवनमा बनिरहेको तालिमकक्षका लागि पौडेलले प्राजेक्टर र फर्निचर व्यवस्थापनका लागि थापाले नगद सहयोग गरेको अध्यक्ष शिरीषले बताए ।

महासङ्घको संस्थागत क्षमता विकासलगायतमा समाजमार्फत आगामी दिनमा पनि सहयोग र सहकार्यलाई अघि बढाइने महासचिव पौडेलले बताउनुभयो ।

बागलुङ समाज बेल्जियमका अध्यक्ष थापाले समाजको नीतिअनुसार महासङ्घलाई आर्थिक सहायता दिन नमिल्ने भएकाले आफूले व्यक्तिगतरूपमा सहयोग गरेको उल्लेख गरे ।

समाजले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ । शाखा अध्यक्ष शिरीषले स्वतःस्फूर्त प्राप्त भएको सहयोगले महासङ्घप्रतिको सबै अपनत्व र सद्भावलाई झल्काएको बताए ।

भवन निर्माणदेखि महासङ्घका हरेक क्रियाकलापमा समुदायबाट सहयोग र समर्थन जुटेको उनको भनाइ छ । हालै निर्माण सम्पन्न भई उद्घाटन गरिएको महासङ्घको तीनतले सुविधासम्पन्न भवन पनि बृहत् सहयोग अभियानबाट सङ्कलित बजेटबाट बनेको हो ।

रु एक करोडभन्दा बढीको लागतमा बनेको भवनका लागि जनसाधारणदेखि राज्यका निकायको आर्थिक सहयोग छ । आइतबार मात्रै प्रभु बैङ्कसँगको सहकार्यमा महासङ्घले आधुनिक सूचना केन्द्र सञ्चालनमा ल्याएको थियो ।

वि.सं.२०७७ पुस २२ बुधवार १०:२० मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...