back
NMB ad

सिनर्जी पावर कम्पनीले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने

Kumari bank ad

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ ।

कम्पनीले आज (बुधवार) भर्चुअल माध्यमबाट गरेको साधारणसभामा सो प्रस्ताव पारित भएसँगै कम्पनीलाई सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला ‘ए’ जलविद्युत् आयोजनामा लगानी गर्ने बाटो खुलेको हो ।

सो आयोजनामा कम्पनीले स्वपूँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ । यस आयोजनाले विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता गरिसकेको कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिए ।

कम्पनीले भर्चुअल माध्यमबाट एकैपटक तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनी गत आर्थिक वर्ष २०७४(७५, २०७५(७६ र २०७६(७७ को साधारणसभा सम्पन्न गरेको हो ।

सभाले लाभांशसहितका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको चार दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद गरी कूल पाँच प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

सो प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको हो । कम्पनीले आइपिओ निष्काशन गरेपछि पहिलोपटक लाभांश प्रस्ताव गरेको हो । यसैगरी सभाले उल्लेखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पारित गरेको छ ।

शेयर धनीलाई प्रदान गरिने लाभांश दरले निरन्तरता पाओस् भन्ने उद्देश्यले शेयरधनीको मागबमोजिम नै व्यवसाय बढाउनको लागि नयाँ आयोजनामा लगानी गर्ने निर्णय गरिएको कम्पनीका अध्यक्ष थापा बताउछन् ।

उनले आगामी वर्षमा लाभांश दर बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

वि.सं.२०७७ पुस २२ बुधवार १६:५९ मा प्रकाशित

You can share this post!

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...