काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । पछिल्लो केही दिनयता लगातार बढेको सुनको भाउ बिहीबार भने प्रतितोला १३०० रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज छापवाल प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनलाई आज प्रतितोला ९४ हजार ९०० रुपैयाँ पर्नेछ ।
महासंघका अनुसार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि एक हजार २४० रुपैयाँमा कारोबार हुने चाँदीलाई आज एक हजार २३० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।
वि.सं.२०७७ पुस २३ बिहीवार ११:१८ मा प्रकाशित